तराईमधेशकी चेली वर्षा लेखीलाई मिस नेपालको अन्तिम छनौट चरणमा महिला आरक्षणको आवश्यकता र औचित्यका बारेमा निर्णायकले अन्य प्रतिस्पर्धीसँगै प्रश्न गरे । उनले बडो बौद्धिक, कुशल र चातुर्यपूर्ण उत्तर दिए । उनले भने,–‘जबसम्म समता र समानताको स्थितिमा महिलाहरु पुग्दैनन्, त्यतिञ्जेलका लागि आरक्षण चाहिन्छ ।’ उनको यस निर्धक्क, आत्मविश्वासी र ओजिलो उत्तरको केही बेरपछि नै उनी बनिन् मिस नेपाल इन्टरनेशनल । सौन्दर्य र प्रतिभाको राष्ट्रिय मञ्चमा विरलै देखिने यो दृश्यले तराईमधेशका जनतालाई गौरवान्वित मात्र बनाएन, घुम्टो छोट्टिएर साँच्चिकै नेपालको दक्षिणी फाँटका चेलीहरुले आधुनिकता, खुलापन र क्षमताको नयाँ मापदण्ड बनाएर सँसार चियाउन थालेको सन्देश पनि दियो । पूर्वी नेपालको सप्तरी जिल्लाकी लेखी सुन्दर छिन् । उनको विछट्ट आकर्षक जीउडालभन्दा पनि उनको वाकपटुता, समझ र तार्किकताले जो कोहीलाई पनि प्रभावित गर्छ । सञ्चारक नेपाल डटकमका लागि विजयकुमार यादवले मिस नेपाल इन्टरनेशल लेखीसँग कुराकानी गर्दा उनी निकै तिख्खर भएर प्रस्तुत भइन् । प्रस्तुत छ, लेखीसँगको कुराकानीको सारसंक्षेप ।
वर्षा लेखी को हुन् ?
म चैँ झट्ट आफ्नो परिचय दिँदा सर्वप्रथम आफ्नो नाउँ नै आउँछ । म चैँ वर्षा लेखी । यसबाहेक दोस्रो कुरो भनेको मैले भर्खरै टाइटल विन गरेँ । सो निश्चितरुपमा म आफूलाई मिस नेपाल इन्टनेशनल २०१६ को रुपमा परिचित गराउँछु । मेरो शैक्षिक पृष्ठभूमि वातावरण विज्ञान हो । त्यसैले क्यारियरको दृष्टिले आफूलाई पर्यावरणविद्को रुपमा भन्न रुचाउँछु ।
वातावरण विज्ञानजस्तो गम्भीर एवं गहिरो विषयमा रुचि नै राख्नु र औपचारिकरुपमा अध्यय्न नै गर्नु र यसभन्दा निकै फरक क्षेत्र सौन्दर्य प्रतियोगिताको हिस्सा हुनु आधारभूतरुपमै अनौठो लाग्छ । कसरी आइपुग्नु भयो सौन्दर्यको संसारमा ?
मिस नेपाललाई हेर्ने हाम्रो दृष्टिकोण एकदम फरक छ । यसलाई हामीले ग्ल्यामरको रुपमा मात्र हेर्छौ । हामीले मोडलिङ, ब्यूटीपेजेन्ट आदिका रुपमा हेर्छौ, त्यो चैँ एकदमै त्रुटीपूर्ण दृष्टिकोण हो । यो ग्ल्यामर, मोडलिङ र ब्यूटी पेजेन्ट आदि मात्र हुन् भन्ने जस्तो मलाई लाग्दैन । ब्यूटीपेजेन्ट एउटा अवसर हो । आफ्नो कमीकमजोरीलाई हटाउनका लागि । आफूलाई सशक्त र सबलीकृत बनाउँदै आफ्नो भविष्यलाई अझै तिखार्ने औसर हो । नेतृत्व क्षमता विकसित गर्ने मौका पनि । मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरन्याशनलको आआफ्नो ठाउँमा छुट्छुट्टै महत्व छ । जस्तै मिस नेपाल वल्र्डले मिस वल्र्डमा गएर आफ्नो ट्यालेन्ट देखाउने हो । मिस अर्थ भनेको वास्तवमा वातावरणसँग जोडिएको हो । जलवायु परिवर्तनको दृष्टिले निकै जटिल र संवेदनशील अवस्थामा हाम्रो देश छ । मिस अर्थमा हुँदाखेरि हामीहरुले यसबारे डक्यूमेन्ट्री बनाउछौं । यसले हाम्रो देशका यस्ता समस्यालाई विश्वस्तरमै वकालत गर्छ । हुन त धेरैले मिस नेपाल मेरो लागि चाइल्ड ड्रीम हो भन्छन् । मिस नेपाल बन्ने बच्चैदेखिको मन थियो भन्छन् । तर मिस नेपाल चैँ मेरो बच्चादेखिको सपना थिएन । चाइल्डहुड ड्रीम थिएन । मैले चैँ भर्खरै जब दुई तीन महिनाअघि फर्म खुल्यो म खाली थिए । मास्टर्सका लागि एप्लाइ गर्न गइरहेकी थिएँ । यो समयलाई सदुपयोग गरेर छिरेको थिएँ वातावरणलाई संरक्षण गरौं भन्ने सन्देशका साथ । किनकी मेरो बुझाइ के थियो भने यस सन्देशलाई एउटी सामान्य केटीका रुपमा मैले भन्दा त्यति प्रभावकारी नहोला तर मिस नेपाल ले भनेपछि मान्छेले अनुसरण त गर्छन् नि त । त्यसैले नै म मिस नेपाल प्रतियोगितामा सहभागी भएँ ।
तपाईंले चिताए झैं कार्यअनुसारको टाइटल नजिक पुग्नुभयो ?
हो, ठ्याक्कै त्यही भयो भनौं न ।
मिस नेपाल इन्टनेशनल भएपछि तपाईंको अपेक्षा पुरा भयो त ?
हुन त मिस नेपालको फर्म भर्नु भनेकै मिस नेपाल टाइटल हात पार्नलाई हो । जित्ने अपेक्षा लिएर नै मिस नेपालको फर्म भरिन्छ । तर जित्नु नै पर्छ भन्ने मेरो पहिलो प्राथमिकता थिएन । किनकी मिस नेपालको छ हप्ताको ट्रेनिङ सेसन्सहरुमा विविधता थियो । खाली हिँडन् र बोल्न सिकाउने मात्र नभएर कन्फिडेन्ट हुने तथा आफूमा भएका स्कील्सहरुलाई अझ निखार्ने खालका थिए । छहप्ताअघि म जस्ती थिएँ , त्यस्तो छैन अहिले । इन्टाइरली डिफरेन्ट भएकी अनुभव गर्दैछु ।
तपाईंको शिक्षादीक्षा र लालनपालन काठमाडौंमा भयो तर पारिवारिक र सामुदायिक पृष्ठभूमि बेग्लै छ । छोरीचेलीलाई भरसक आँगनभित्रै राख्ने संस्कार भएको । कसरी पुग्नुभयो सौन्दर्य प्रतियोगिताको मञ्चसम्म ?
मेरो परिवार एकदमै सर्पोटिभ छ । मेरा मम र ड्याड निकै सहयोगी हुनुहुन्छ । उहाँहरुजस्तो अभिभावक पाएर म धेरै नै खुशी छु । सायद यसैले घुम्टो काढ्ने तराईको थारु भएर पनि यहाँसम्म पुगेँ । त्यस्तो सामाजिक पृष्ठभूमि हुँदाहुँदै पनि मेरो मम र ड्याडले भने एकदमै सपोर्ट गर्नुसँगै प्रेरणा पनि दिनुभयो । थारुहरु धेरै पछाडि छन् र खासगरी ग्ल्यामर फिल्डमा त धेरै नै । शिक्षा पनि बिस्तारै अगाडि बढिरहेको छ । तापनि कति नै छन् र ? मिस नेपालका १९ जनामा म एकली थारु प्रतिस्पर्धी । कति थोरै सहभागिता छ । त्यो पनि पोहोरदेखि बल्ल थारुहरु आउन थाले । पोहोर रेशमा चौधरी थिइन् र यसपाली म । म चैँ के भन्न चाहन्छु भने थारुहरु यति पनि पछाडि छन् त्यसैले म एउटा उदाहरण बन्न चाहेकी छु । मेरो कामले अरु थारुहरुलाई पनि प्रोत्साहन होस् ।

तपाईंलाई यहाँसम्म पुग्न काठमाडौंको परिवेशले पनि सघायो । हैन ?
जस्तो देश त्यस्तै भेष भन्छन् । त्यसले गर्दा काठमाडौंको प्रभाव पनि होला । तर घरमा बस्दाखेरि म थारु सँस्कृति र परम्पराको प्रभावमा हुर्केकी हुँ । ममीबुबाले थारु संस्कारबाटै लालनपालन गर्नुभयो । घोंघी र बगियाहरु खाएरै हुर्केको मान्छे हुँ म । त्यसैले दुईओटै कुरालाई म मान्छु । मेरो शिक्षा र बसाइँ काठमाडौंमा भएकोले अलिकति कन्फिडेन्ट र फोरवार्ड छु जस्तो लाग्छ मलाई । त्यो हुँदाहुँदै मैले आफ्नो ममीबुबाबाट आफ्नो सँस्कृति र परम्परालाई साथसाथै लग्ने पात्रता पनि पाएकी छु ।
तपाईं सप्तरी त पुग्नुभएको होला नि ?
धेरैपटक । घरै त्यही भए पछि त पुगिहालिन्छ नि ।
तराईमधेशको थारु समुदायलाई कति नजिकबाट चिन्ने प्रयत्न गर्नुभएको छ ?
थारु झापा , मोरङ, सुनसरी र सप्तरीदेखि लिएर कैलाली र कञ्चनपुरसम्म पसारिएका छन् । हामी थारुभित्रै एकदमै विधिता छ के । पूर्व र पश्चिमका थारुबीच पूर्ण भिन्नता छ । मध्य चितवनमा फरक थारु छन् । भाषा, भेष र सँस्कृतिको दृष्टिले । तर त्यति हुँदाहँुँदै पनि म पश्चिमका थारुहरुका चुनौतीबाट एकदमै अवगत छु । जस्तै कमलरीहरु । मिस नेपालको क्रममा कमलरीहरुमै केन्द्रित प्रोजेक्ट बनाएकी थिएँ । पूर्वको मान्छे भए पनि पश्चिमका महिलाहरुका चुनौतीलाई एड्रेस गर्न खोजेकी थिएँ । बट दूर्भाग्यवश मैले मेरो उद्देश्यलाई त पुरा गर्न सकिनँ । तर अहिले गर्न पाइनँ भन्दैमा काम गर्न छोड्नु हुँदैन । म अहिले पनि पश्चिमका कमलरीहरुका लागि काम गर्न चाहन्छु ।
थारुभित्रै एकदमै विधिता छ के । पूर्व र पश्चिमका थारुबीच पूर्ण भिन्नता छ । मध्य चितवनमा फरक थारु छन् । भाषा, भेष र सँस्कृतिको दृष्टिले । तर त्यति हुँदाहुँदै पनि म पश्चिमका थारुहरुका चुनौतीबाट एकदमै अवगत छु । जस्तै कमलरीहरु । मिस नेपालको क्रममा कमलरीहरुमै केन्द्रित प्रोजेक्ट बनाएकी थिएँ । पूर्वको मान्छे भए पनि पश्चिमका महिलाहरुका चुनौतीलाई एड्रेस गर्न खोजेकी थिएँ । बट दूर्भाग्यवश मैले मेरो उद्देश्यलाई त पुरा गर्न सकिनँ ।
तपाई जतिबेला टाइटल हात पार्र्नुभयो त्यतिबेला तपाईंको प्रतिक्रिया के थियो ?म टपटेनमा आउँछु भनेर एकदमै कन्फिडेन्ट थिएँ । ओभर कन्फिडेन्ट थिएँ भनेर त भनौं तर आफ्नो विश्वास हुन्छ नि । टपटेनबाट जब प्रश्नोत्तर राउण्ड भयो झनै उदेक बढ्दै गयो टपटेनबाट टप फाइभ चैँ हुनैपर्छ भनेर । जब टप फाइभको प्रश्नोत्तर राउण्ड भयो त्यसपछि चैँ टपथ्रीमा आउनुपर्छ है भन्नेजस्तो भयो । उत्साह बढ्दै गयो । जब टप फाइभ भयो , टप थ्री एनाउन्स भइरहेको थियो । हामी पाँचैजना प्रतिस्पर्धी एकअर्काका हात समातेर बसिरहेका थियौं अनि जब टपथ्री एनाउन्स हुन थाल्यो मिस नेपाल इन्टरनेशनल भनेर सङ्गीत गुञ्जिन थालेपछि आँखा मात्र के बन्द गरेकी थिएँ । हुन्छु नि मनमनै प्रार्थना गर्छु नि हे भगवान । हे भगवान भन्न नपाइकनै वर्षा लेखी भन्दिहाल्यो । सो मनमा ढुकढुक हुने मैले टाइम नै पाइनँ । मिस नेपालमा म चैँ त्यो कुरा मिस गर्छु के । सेकेन्ड र फस्र्ट टाइटल जितेका साथीहरुले भन्थे कि मलाई त एकदमै डर लागिरा’ थियो ढुकढुक भइरा थियो । बल्ल मेरो नाउँ एनाउन्स भयो भन्थे । तर मेरो पालाोमा ढुकढुक हुने औसर नै पाएन ।
तपाईंको प्रस्तुति राम्रो थियो तर पनि टपथ्रीको अन्तिममा पर्नुभयो नि ?
म उहाँहरुको परिश्रम र डेडिकेसनलाई मान्छु । मिस नेपालका प्रक्रिया र निर्णयहरु मलाई स्वीकार्य छ । जुन परिणाम आएको छ, यसबाट म पूर्णतया सन्तुष्ट छु । टपथ्री जितेकालाई मात्र नभनौं टपफाइभमा आएकाहरु सबै बराबरको काबिलहरु थिए जस्तो मलाई लाग्छ । र, सबैको छहप्ताको कडा परिश्रमकै नतिजा हो । र, सम्भवतः अन्तिमका स्टेज प्रस्तुतिहरु राम्रा थिए होलान् । उत्तरको क्वालिटी पनि एकदमै राम्रो थियो उहाँहरुको ।
तपार्इं असाध्यै सुन्दर देखिनुहुन्छ । धेरैले पहिले पनि पछ्याइरहेको थिए होलान् । टाइटल जितिसकेपछिको अवस्था के हुन्छ ?
पछ्याउँदा पनि सकारात्मक र नकारात्मक हुन्छ । म दुवैलाई खुलारुपमा स्वीकार र सराहना गर्छु । कसैले राम्रो भन्छन् होला तर सबै मान्छेले राम्रो भन्नुपर्छ भन्ने छैन । कतिले मन पराउँछन् । कतिले तपाईं एकदमै राम्ररी हुनुहुन्छ भनेर भन्याभन्यै गर्छन् । नराम्रो पनि भन्छन् । तर त्यो कुरालाई मैले एकदमै सकारात्मकरुपमा लिन्छु । उहाँहरुको टिप्पणी र प्रशंसालाई ध्यान दिएर सुधार गर्ने मेरो सोचाइ र धारणा हो । त्यसबाहेक निश्चित नै अहिले हामीलाई देशले धेरै हदसम्म चिन्ने भइसक्यो । त्यसैले पछ्याउनेहरु हुन सक्छन् ।
कोही तपाईंसँग नजिकिन खोज्दा तपाईंको प्रतिक्रिया के होला ?
टु एभरी एक्सन देअर इज इक्वल एण्ड अपोजिट रिएक्सन । कस्तो एक्सन हुन्छ त्यसअनुसार नै म नै रिएक्ट गर्छु ।
तपाईंलाई कसैले असाध्यै माया गर्छु भन्न आयो भने के गर्नुहुन्छ ?
डिपेन्ड गर्छ कि कस्तो माया हो । सपोर्टिभ माया हो (लामो हाँसो) एक्ज्याकट्ली डोन्ट नो । एकदमै टिक्री प्रश्न गर्नुभयो । कस्तो लाग्छ भने माया गर्नु भनेको कसैको हक हो । फण्डामेन्टल राइट । राइट टु चुज र राइट टु लभ पनि फण्डामेन्टल राइट हो । तर दवाव र यातना चैँ नहोस् । मन त पराउन पाइहाल्छ नि ।
उसले मन पराओस् तर मैले चैँ मन पराउनुपर्छ भन्ने छैन जस्तो ?
पुरा सिरिइसअली र साइकोटाइपसँग डर लाग्छ ।
यस्तो कोही भेट्नु भएको छ ?
अहँ भेटेको छैन , धन्न ।

माया गर्ने कुरा फण्डामेण्टल हक हो । राइट टु चुज र राइट टु लभ हुनुपर्छ । तर मलाई सिरीयसली लभ गर्ने साइकोसँग डर लाग्छ । धन्न आजसम्म कोही त्यस्ता आएका छैनन् । एउटा पोजिटीभ इनर्जी दिनेखालको माया गर्नेहरु त धेरै छन् मेरो जिन्दगीमा ।
जो अहिले छन् ,साइको छैनन् हो ? साइकोभन्दा पनि कसैकसैको पोजिटीभ इनर्जी दिने खालको माया हुन्छ क्या । माया पनि डिफरेन्ट टाइपको हुन्छ नि । यस्तो मायाले धेरै इनर्जी दिइरहेको हुन्छ । यस्ता त धेरै छन् मेरो जिन्दगीमा ।
धेरै छन् ?
माया भन्नेबित्तिकै केटा मात्र हुँदैनन् ।
ब्वायफ्रेन्ड कोही छन् कि छैनन् ?
आइ गेस द दिस इज पर्सनल कोइश्चन ।
सेलिब्रेटी यस्तो भन्नुपर्दा त गौरव मान्छन् नि ?
गौरवभन्दा पनि म यसलाई पर्सनली लिन्छु । त्यसैले म चाहन्न कि उत्तर दिउँ ।
त्यसो भए तपाईंलाई ट्राइ नगरे पनि हुन्छ नि ?
ट्राइ वा अनट्राइभन्दा पनि अघि तपाईंले मायाको सन्दर्भ निकाल्नुभयो । म भन्छु कि म साथी र सहयोगी हुन सक्छु ।
तपाईं आफूलाई कतिको खुला मान्नुहुन्छ ?
म आफूलाई एकदम खुला मान्छु । किनकी २१ औं शताब्दीमा पहिलेजस्तो धारणा लिएर हुँदैन । विज्ञान र प्रविधि कताबाट कता पुगिसक्यो । मान्छे अपडेट हुनुपर्छ । पहिलेकै परम्परालाई पछ्याएर हुँदैन । रेसपेक्ट भनेके अर्के कुरा हुन्छ । सबै परम्परा ठिक हुन्छ भन्ने पनि हुँदैन । त्यसैले मोडरनाइजेसन र अहिले जसरी विश्व अगाडि बढिरहेको छ विज्ञानप्रविधिसँग , त्यसअनुरुप नै बढ्नुपर्छ । सोसल मिडिया पनि कहाँबाट कहाँ पुगिसक्यो ।
पहिरनको कुरामा कति आधु्निक हुनुहुन्छ ?
पहिरनको कुरामा म त्यस्तो फेसनेबल मान्छे होइन है । किनभने म के मान्छु भने मान्छेले जे लुगा लगाएको हुन्छ त्यो लुगामा आफू प्रजेन्टेवल वा कम्फर्टेेवल छ भने त्यही हो फेसन । म आफूलाई प्रविधिमा अपडेट त गरेँ तर फेसनमा अपडेट गरेको छुँयन । म चैँ ठयाक्कै उल्टो हुन्छु । बजारमा आइरहेका लुगा किनिरा हुँदिन् । ठयाक्कै उल्टो हुन्छु किनकी कमन हुन्छ के बाटोमा हिन्दाखेरि । त्यही भएर म आफूलाई फेसनेबल पक्कै पनि मान्दिनँ ।

थारु पोशाक लगाउनुहुन्छ ?
एकदम, एकदम । तपाईं मेरो फेसबुक हेर्नुभयो भने प्रायशः थारु पोशाकमै मलाई पाउनु हुन्छ । सोसल मिडियाहरुमा मेरा फोटाहरु थारु पोशाकमै बाहिर आएका छन् । म तपाईलाई के सेयर गर्न चाहन्छु कि मिस नेपालको जुन एप्ल्किेसन फारम थियो नि, त्यसमा एउटा फर्मल ड्रेसअप थियो अर्को र्चैँ साँस्कृतिक । दुबैखालको पोशाकमा भएको फोटो पठाएको थिएँ । म परम्परागत थारु पहिरनलाई लिएर निकै कन्सस छु ।
मिस नेपाल इन्टरनेशनल भएपछि अब जीवनशैली फेरिन्छ होला नि त ?
इमानदारीपूर्वक भन्दा म अहिलेसम्म डिस्को गएकी छुइँन । सायद विज्ञान विषयको विद्यार्थी भएर पनि होला । हुनत यसमा मेरो रुचि पनि कहिल्यै भएन । म नाँच्ने रहर त गर्छु । तर सीमित । घरमा चैँ एकदमै रमाइलो गर्छु ।
अब त परिवेश बदलियो अनि बानीमा पनि परिवर्तन आउँछ होला नि ?
मिस नेपालमा आउने बित्तिकै क्लबहरु जाने, एकदम फेसनेबल लुगा लगाउने, एकदमै ट्रेन्डमा हुनुपर्ने , फोटो खिच्नुपर्ने, मुभी खेल्नुपर्ने र एडरभरटीजमेन्ट गर्नुपर्ने जुन दृष्टिकोण छ त्यस्तो होइन नि मिस नेपाल । त्यो पनि होला तर त्यो मात्र होइन है । त्यही भएर म मिस नेपालको टाइटललाई छिट्टै डिफाइन गर्नसक्छु होला । यति मात्र होइन, हिजोआज सामान्यतया केटीहरु किन डराउँछन् भने मिस नेपालमा गएर पहिरन चैँ जहिले जहिले फेरिराख्नुपर्छ । अप टु डेट हुनुपर्छ । स्टाइलमा बस्नुपर्छ । यो गर्नृपर्छ, त्यो गर्नुपर्छ । र, गाडीमा हिँड्नुपर्छ । त्यो भनेको मिस नेपाल होइन । यो त अवसर हो, जसले नेतृत्व र क्यापिसीटी बिल्ड गर्छ जस्तो लाग्छ मलाई ।

समाजसेवा म कसरी गर्न चाहन्छु भने म राजनीतिमा धेरै रुचि राख्छु । जति पनि सोसलवर्कहरु गरे पनि कुरा गएर ठोक्किने भने पोलिस र गभरनेन्ससँगै हो । बाहिर जतिसुकै अवेरनेस गर्नुस, धर्ना बस्नुस र नारा गर्नुस । आखिर कुराहरु ठोक्किने भनेको पोलिटिक्समै आएर हो । गभर्मेन्ट, पोलिसीज, रुल र एक्टहरुमा आएरै हो । म चाहिँ राजनीतिमा छिरेर राम्रा राम्रा पोलिसीज बनाएर ह्युमनलाई कन्सट्रक्टिभरुपमा सहभागी गराएर अगाडि बढाउन चाहन्छु ।
अबको बाटो के हुन्छ ?
अरु बाटोभन्दाखेरि मेरो लाइफको दुईओटा गोल छन् । एउटा आफ्नो क्यारियर बनाउने अर्को समाज सेवा । वातावरणशास्त्रमा स्नातकोत्तर गर्ने । त्यो भनेको आर्थिक जीवनलाई सुरक्षित र दिगो बनाउने हो ।
कहिले प्रवेश गर्दै हुनुहुन्छ पोलिटिक्समा ?
छिटै नै । हुन त मैले त्यस्तो बाटो चाहिँ कोरिसकेको छैन । भर्खरभर्खर भिजन राख्दैछु । छिट्टै नै होला सायद् ।

राजनीतिको जटिलता त बुझ्नु भएको छ नि ?
एकदमै एकदमै गाह्रो छ । त्यही भएर म भन्छु कि नक्सा चैँ कोरिसकेको छैन छिटै नै अब हुन्छ । हेरौँ ।
अरु थप केही भन्नुपर्ने छ ?
म एउटा मिस नेपाल इन्टरनेशनल २०१६ को रुपमा म एउटा सन्देश चाहिँ सबैलाई के बाड्न चाहन्छु भने हाम्रो पर्यावरणलाई संरक्षण गर्ने कुरामा सजग। सचेत र सक्रिय हुनुपर्छ । हाम्रो देश प्राकृतिक स्रोतको एकदमै धनी हो तर पनि हामीले यसको फइदा उठाउन सकिरहेका छैनौं । वनजन्य उत्पादन, हाइड्रोपावर आदि कति धेरै प्राकृतिक स्रोतहरु छन् हामीसँग हामी धेरै पछाडि छौं । पर्यावरणीय र पारिस्थितिकीय प्रणालीलाई जगेर्ना गर्दै यसलाई उपयोग गर्नसके हामी समृद्ध हुनसक्छौं ।
चुरेसंरक्षणका लागि पनि तपाईंको कुनै योजना छ ?
चुरेक्षेत्रको विनासले तराईमधेशको जीवनअस्तित्व नै सङ्कटमा छ । पर्यावरणीय क्षयीकरणको एउटा प्रमुख कारण हो । त्यहाँको पर्यावरणीय संरक्षणमा अहिले सरकारी र गैरसरकारीस्तरमा निकै चासो लिइएको छ । तराईमधेशकी छोरी भएकी नाताले स्वाभाविकरुपमै यसको संरक्षणका लागि योगदान पुर्याउनु पर्छ भन्ने मलाई लाग्छ ।
एउटा औपचारिकता पुरा गरौं अन्तिम प्रश्न गरेर कोही न कोही एकदमै विश्वास पात्रका रुपमा होलान् नि । विहाबारी गर्ने योजना छ कि तत्काल ?
तत्काल त नभनौं । म त लक्ष्यलाई पछ्याउने र दृष्टि भएको मान्छे । तर यस वर्षमा भन्ने चाहिँ छैन । म मास्टर्स सकाएर आत्मनिर्भर भएपछि चाहिँ अवश्य पनि गर्नेछु ।
पोलिटिक्समा प्रवेश गर्नुभन्दा पछि कि अघि ?
पोलिटिक्स भनेको त लाइफमा जहिले पनि चल्छ । औपचारिक पोलिटिक्स चाहिँ सुरु गरिसकेको छैन । फ्युचर कसैले डिफाइन गर्न त सक्दैन हैन तर पनि यस मैले भनिहाले नि करियर बिल्ड गरिसकेर विवाह गर्नेछु ।

No comments:
Post a Comment