Tuesday, April 12, 2016

टाइगरबाट यस्तो कुरा सुनेपछि अचम्ममा परे ज्याकी


चिनियाँ फिल्म स्टार ज्याकी च्यान गत हप्ता भारतमा एक इन्डो-चाइनिज फिल्मको सुटिङ्का लागि आएका थिए। फिल्ममा उनीसँग बलिउडको नयाँ एक्सन स्टार भनेर आश गरिएका टाइगर श्राफले काम गरेका छन्। काम गर्ने क्रममा ज्याकि च्यानले टाइगर श्राफले बताएको एक कुराले भने अचम्भित भइरहे।
ज्याकीले जब टाइगरको मुखबाट कुङ् फू भारतमा आविष्कार भएको सुने उनी आश्चर्यचकित भए। ज्याकीले आजसम्म कुङ् फूलाई चिनियाँ देनका रूपमा मान्दै आएका थिए। फिल्म यूनिटका केहि सदस्यले बताए अनुसार टाइगरको कुरा सुनेदेखी ज्याकी अर्कै भए। उनले आश्चर्यको भावमा यो कुरा आफ्ना क्रु र नजिकका साथीलाई फोनबाटै सुनाएका थिए।

No comments:

Post a Comment