Saturday, April 9, 2016

अर्घाखाँचीका नवगायक झबिन्द्र थापा मगरको आधुनिक म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित )text size increase text size decrease Print Bookmark rss (२०७२ चैत्र २६, शुक्रवार) बाबु रोका मगर सानै उमेर देखिनै कलाकारि क्षेत्रमा अभिरुचि राख्ने अर्घाखाँची खिल्जी निवासी झबिन्द्र थापाको पहिलो आधुनिक एल्बम 'ओझेल' मेशना डिजिटल को प्रस्तुतिमा आज सार्बजनिक गरिएको छ । उक्त भिडियो लाइ भारतको राजधानी दिल्लीमा छायांकन गरिएको थियॊ भने पत्रकार बाबु रोका मगर द्दारा पहिलो पटक निर्माण तथा निर्देशन गरिएको छ सो म्युजिक भिडियोमा झबिन्द्र थापा मगरको स्वर र संगीत रहेको छ भने शब्द सन्तोषी संगमको रहेको छ मोडलिंग तर्फ बाबु रोका मगर,अमृता बराल र अर्जुन थापा रहेका छन् । यस सांगीतिक क्षेत्रमा नया कलाकारहरुलाई अबसर दिनको लागि झबिन्द्र थापाले कदम चालेको बताउछन काठमांडू स्थित संगीत क्षेत्रमा स्ट्रगल गरिरहेका थापाले अरु दुइ ओटा एल्बम बजारमा ल्याउने पुरा तयारि रहेको जानकारी गराएका छन् । एल्बम 'ओझेल' को भिडियो आज नेपाली च्यानल एन टि भी प्लस बाट र युट्युब बाट प्रसारण गरिएको छ । झबिन्द्र थापाले आधुनिक मात्रै होइन लोकदोहरी लोक पप अनि संगीत मा पनि आफुलाई रुपान्तर गर्न को लागि पुरै मेहनत गरिरहेका छन् दर्शक स्रोताहरुको माया र साथ पाए भने समसामयिक बिषय बस्तुलाई समेटेर गीति एल्बमहरु बनाउने बिचार रहेको कुरा ब्यक्त गरे । अहिलेको परिबेशमा प्राय शहरका मानिसहरु ब्यबसाय अनि आफ्नो काममा ब्यस्त रहनु पर्दा आफ्नो परिवारलाई समेत समय दिन नपाउदाको कारण घर परिवारमा आउने समस्याको झल्को भिडियोमा उतार्न खोजिएको छ । यसमा कुनै गल्ति अथवा कमिकमजोरीहरु भएमा दर्शक श्रोताहरुको सल्लाहा सुझाव अनि प्रतिक्रियाको आशा रहेको बताएका छन् ।

जेठ २८ मा रिलिज मिती तोकेको फिल्म गाजलु ले आफ्नो पहिलो गित सार्वजनिक गरेको छ। गितमा अनमोल केसी र सृष्टी श्रेष्ठको रोमान्स देख्न सकिन्छ । 

- See more at: http://jukson.com/news/entertainment/_2909#sthash.gSceJtd3.dpuf

No comments:

Post a Comment