Sunday, April 10, 2016

बक्स अफिस अवार्ड । आर्यन र नम्रता सर्बोत्कृष्ट अभिनेता-अभिनेत्री,पब्लिक च्वाईसमा कोहिनुरको बर्चस्व

फिल्मीबजार,२७ चैत्र २०७२,बैकक,थाईल्याण्ड । शुक्रबार उन्चालिस हजार फिट उचाईमा राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड सम्पन्न भएको छ । अवार्डमा ६० भन्दा बढी कलाकार,चलचित्रकर्मी र संचारकर्मीको सहभागीता थियो ।विश्वमा नै पहिलो पटक सर्बाधिक उचाईमा आयोजित अवार्डमा चलचित्र नोभेम्बर रेन बाट अभिनेता आर्यन सिग्देलले सर्बोत्कृष्ट अभिनेताको अवार्ड चुमेका छन् । सोही चलचित्र बाट नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । उनी अवार्डमा सहभागी थिईनन् ।२०७१ मा प्रदर्शनमा आएका चलचित्र नोमिनेशनमा सहभागी थिए । कुल ३१ बिधामा वितरण गरिएको जुरी अवार्ड मध्ये ६ बिधामा अवार्ड जित्दै चलचित्र नोभेम्बर रेनले बर्चस्व जमाएको छ । नोभेम्बर रेन बाट आर्यन र नम्रता सहित सर्बोत्कृष्ट स्क्रिन प्लेमा छेतेन गुरुङ, सर्बोत्कृष्ट सहायक अभिनेत्रीको बिधामा चुल्ठिम गुरुङ, सर्बोत्कृष्ट निर्देशक दिनेश राउत र सर्बोत्कृष्ट फिल्मको बिधामा अवार्ड जित्न सफल भएको हो । यस्तै कुल २१ बिधामा अर्गनाईजर अवार्ड समेत बितरण गरिएको छ । उक्त अवार्ड अन्तर्गत पब्लिक च्वाईस अवार्डमा भने चलचित्र कोहिनुरले बर्चस्व जमाएको छ । पब्लिक च्वाईस अन्तर्गत सर्बोत्कृष्ट अभिनेत्रीको बिधामा श्वेता खड्काले अवार्ड जितेकी छिन् । यस्तै सोहि चलचित्र बाट सर्बोत्कृष्ट संगीतकारको बिधामा शम्भुजित बाँस्कोटा,निर्देशक आकाश अधिकारी र पपुलर प्रोड्युसरको बिधा स्वर्गीय अभिनेता तथा निर्माता श्रीकृष्ण श्रेष्ठले अवार्ड जितेका छन् । श्रीकृष्णको अवार्ड पनि अभिनेत्री श्वेता खड्काले श्री प्रति समर्पण गर्दै अवार्ड ग्रहण गरेकी थिईन् । उन्चालिस हजार फिटको उचाई पछि थाईल्याण्डको पतैया स्थित आईसल्याण्डमा पनि २०७२ मा रिलिजमा आएका फिल्म मध्ये १३ चलचित्रलाई अवार्ड बितरण गरिएको छ । अवार्ड बिजेताको सुची (जुरी) सर्बोत्कृष्ट कलर करेक्सन-फिटकिरी सर्बोत्कृष्ट ड्रेस डिजाईनर-उत्तम बनेपाली-कोहिनुर सर्बोत्कृष्ट मिक्सिङ-उत्तम न्यौपाने-मुखौटा सर्बोत्कृष्ट मेकअप-श्याम लामा-झिग्रना सर्बोत्कृष्ट ब्याकराउण्ड म्युजिक-एलिस कार्की-कोहिनुर सर्बोत्कृष्ट ईडिटर-अर्जुन जिसी-नाई नभन्नु ल ३ सर्बोत्कृष्ट छाँयाकार- पुरुषोतम प्रधान-फिटिकिरी सर्बोत्कृष्ट संबाद-रामबहादुर गुरुङ,उपेन्द्र सुब्बा-कबड्डी सर्बोत्कृष्ट पटकथा-छेतेन गुरुङ-नोभेम्बर रेन सर्बोत्कृष्ट कथा-लय संग्रौला-लोग्ने मान्छे सर्बोत्कृष्ट दन्द-चन्द्र पन्त-हवल्दार सुन्तली सर्बोत्कृष्ट नृत्य निर्देशन-कबिराज गहतराज-नाई नभन्नु ल ३ सर्बोत्कृष्ट पार्श्व गायिका-माण्डबी त्रिपाठी-लज्जा-मात लाग्यो सर्बोत्कृष्ट पार्श्व गायक-युबराज चौलागाँई-नोभेम्बर रेन-तिमिलाई सर्बोत्कृष्ट गीतकार-अर्जुन पोख्रेल-स्टुपिड मन सर्बोत्कृष्ट संगीतकार-अर्जुन पोख्रेल-स्टुपिड मन सर्बोत्कृष्ट बाल कलाकार-संगम बिष्ट-लभ यु बाबा सर्बोत्कृष्ट अभिनेता (कमेडी) जय किशन बस्नेत-कान्छि मट्याङ ट्याङ सर्बोत्कृष्ट खलपात्र-ध्रुब कोईराला-हवल्दार सुन्तली सर्बोत्कृष्ट चरित्र अभिनेता-रबिन्द्र खड्का-आभाष सर्बोत्कृष्ट चरित्र अभिनेत्री-सुर्य माला खनाल-सुन्तली सर्बोत्कृष्ट नबप्रबेशी अभिनेत्री-शिल्पा पोख्रेल-लज्जा सर्बोत्कृष्ट नबप्रबेश अभिनेता-प्रदिप खड्का-ईस्केप सर्बोत्कृष्ट सहायक अभिनेत्री-चुल्ठिम गुरुङ-नोभेम्बर रेन सर्बोत्कृष्ट सहायक अभिनेता-सबिन श्रेष्ठ-हवल्दार सुन्तली सर्बोत्कृष्ट अभिनेत्री नम्रता श्रेष्ठ-नोभेम्बर रेन सर्बोत्कृष्ट अभिनेता-नोभेम्बर रेन सर्बोत्कृष्ट नबप्रबेशी निर्देशक-सज्जन श्रेष्ठ-पुनर्जन्म सर्बोत्कृष्ट निर्देशक-दिनेश राउत-नोभेम्बर रेन सर्बोत्कृष्ट फिल्म-नोभेम्बरे रेन सर्बोत्कृष्ट एनिमेशन-अक्की शर्मा-माला

No comments:

Post a Comment