Saturday, April 9, 2016

अमेरिकन सुपरहिरोहरूलाई चुनौती दिन आइपुग्यो नयाँ सुपरहिरो 'रेन्डल'


संसारभर हलिउड सुपरहिरो फिल्मको शासन रहँदै आएको छ। बेलाबेलामा तिनलाई चुनौती दिने प्रयास अन्य मुलुकका सुपरहिरो फिल्मले गरेको भएपनि हलिउडको वर्चस्व कायमै रहेको छ। केहि समय अगाडी रसियन फिल्म 'द गार्डियन्स'को रिलिज भएपछि अमेरिकी सुपरहिरोहरूलाई कडा टक्कर मिल्न थालेको चर्चा चल्न थालेको छ।

सो फिल्म कस्तो छ भन्ने बारेमा यस वर्ष रिलिज भएपछि ठोस उत्तर आउने अनुमान गरिएको छ। यहि सिलसिलामा फिन्ल्यान्डले पनि विश्वबजारमा आफ्नो सुपरहिरो पस्कने जमर्को गरेको छ। फिल्म यसै वर्ष रिलिज हुनेछ। उनीहरूले 'रेन्डल' नामक चरित्रलाई आफ्नो सुपरहिरोको रूपमा पेस गरेका छन्। फिल्मको पहिलो टिजर हालै रिलिज गरिएको छ।
टिजरले हलिउड सुपरहिरोलाई टक्कर दिने छनक दिएको बताइन्छ। फिल्मलाई जेसी हाजाले निर्देशन गरेका हुन्। फिल्म उनी आफैले स्कूले जीवनमा सिर्जना गरेको कमिक पात्रमा आधारित छ। यस पात्रलाई उनले क्यान्स फिल्म फेस्टिवलमा प्रस्तुत गरिसकेका छन्। यस सुपरहिरोले भ्रष्टाचारविरूद्ध लड्नेछ।

No comments:

Post a Comment