पक्राउ पर्नेमा यासोक ५ का ४२ बर्षीय मुख बहादुर लावती र बर्ष ३० बर्षीय राजकुमारी लावती छन् । उनीहरुको अबैध यौन सम्पर्कवाट रहेको गर्भको बालक चैत २४ गते सौचालयमा जन्माएर याशोक ५ कै शेर जम्बा सामुदायिक बनमा फालेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरीका अनुसार नीजहरु जेठाजु –बुहारी नाताका हुन । चैत २६ गते साँझ साढे ६ वजे जंगलमा बच्चाको लाश रहेको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय याशोकबाट खटेको प्रहरीले शिशुको शव नियन्त्रणमा लिइ घट्नावारे अनुसन्धान शुरु गरेको थियो ।
शिशुको शव पाँचथर जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाईएको बुझाउनुका साथै अभियुक्तहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
उनीहरुलाई कर्तब्य ज्यान अन्तर्गत महल अनुसार मुद्वा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कर्तब्य ज्यान अन्तर्गत महल अनुसार मुद्वा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment