Monday, April 11, 2016

आफ्ना दुइ सन्तान गुमाएका माइला बा को पिडा (भिडियो )

टेलिभिजनको पर्दामा दुनियाँलाई पेट मिचीमिची हसाउने बुटवलका हाँस्य कलाकार विष्णु पाण्डे ‘माइलाबा’ अहिले आफै धुरुधुरु रोएका छन् । रोग, शोक र भोकमा परेकालाई समेत बिर्साउने कलाकार  शोकमा डुबेका छन् । २ दिनको अन्तरमा २ छोरा गुमाउदाको पीडा सहन नसक्दा बेहोस सरह बनेका छन् । निसन्तान बनेका उनलाई सम्झाउन आफन्तले समेत शब्द भेट्ाएका छैनन् । सञ्चारकर्मी तथा चर्चीत हास्य  कलाकार पाण्डे ले दुवै सन्तान गुमाएका हुन् । २ वर्ष ९ महिनाका जेठा छोरा स्वविसनको चैत २० गते मृत्यु भयो भने त्यसको एकदिनपछि आइतबार कान्छा छोरा किरणलाई समेत उनले गुमाएका छन् ।
छिमेकीको घरमा खेल्न गएका जेठा छोरा स्वविसन तातो दुधमा परेर एक साताअघि गम्भीर घाइते भएका थिए । घाटीमुनिको सबै भाग जलेर क्षतविक्षत भएका उनलाई उपचारकालागि बुटवल हुदै  कान्ति बाल अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

No comments:

Post a Comment