Saturday, April 9, 2016

नेपालले चीनसँग सम्झौता गर्दा यसकारण डराएको रहेछ भारत


India-Flag
नयाँ दिल्ली, २७ चैत । चीन र भारतबीच करिब ७० अर्ब डलरको व्यापार सामुद्रिक रुटबाट भइरहेको छ । रेल्वेबाट नेपाल हुँदै हुने व्यापार महंगो हुन्छ । यसबाट चीन वा भारत दुवैलाई फाइदा नहुँदानहुँदै चीन रेल लिएर किन काठमाडौंदेखि लुम्बिनीसम्म आउन खोजेको छ ? भारत सशंकित छ ।
चीनको कुन्मिङ हुादै म्यानमार, बंगलादेश हुादै भारतको कोलाकाता जोड्ने बिसिआइएम (बंगलादेश, चीन, भारत र म्यानमार) सम्पर्क सम्बन्धका लागि काम भइरहेको छ । तर, चीन किन नेपालमार्फत त्रिपक्षीय सहकार्यलाई अघि बढाउन खोज्दै छ ? भारतको चासो छ ।
नेपाल र चीनबीच भएको पारवहन सम्झौता पनि खतराका रूपमा लिन्छन् सुरक्षा मामिला जानकारहरू ।
चिनियाँ भूमिबाट समुद्रसम्म पुग्दा नेपालले तेस्रो देश अथवा चीनबाट युद्धसामग्री, हतियार ल्याउन सहज भएको छ भन्ने उनीहरूको बुझाइ छ । नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment