Saturday, April 9, 2016

कृषकहरुलाई हाते ट्याक्टर वितरण

Exif_JPEG_420उदयपुर / जिल्ला कृषि विकास कार्यालय उदयपुरले आधुनिक कृषि प्रणालीको विकास गर्ने उद्देश्यले सनिबार जिल्लाका कृषक तथा कृषक समूहलाई १२ वटा हाते ट्याक्टर वितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयको कृषि प्रसार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत कृषक वा कृषक समूहकै लगानीमा १२ वटा हाते ट्याक्टर जिल्लाका विभिन्न कृषक तथा कृषक समूहलाई वितरण गरिएको हो ।  कृषिलाई आधुनिकरण गर्ने लक्ष्यका साथ अनुदानको ट्याक्टर चार जना कृषकलाई र आठ वटा कृषक समूहलाई वितरण गरिएको थियो । सरकारको ५० प्रतिशत अनुदान रहेको ट्रयाक्टरमा कृषकहरुले भने ५० प्रतिशत रकम तिरेर लैजानु पर्ने ब्यवस्था अनुरुप यस वर्ष १२ वटा ट्रयाक्टर वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्रमुख पवन गिरीले जानकारी दिए ।
कार्यालयले त्रियुगा नगरपालिका–१ बोक्सेका रामकुमार थापा, त्रियुगा नगरपालिका–८ बगाहाका संगिता बस्नेत, हडिया गाविस–५ का सिता खड्का र कटारी नगरपालिका–५ का नेत्रप्रसाद गौतमलाई आधुनिक हाते ट्रयाक्टर वितरण गरिएको हो ।  त्यसैगरी जन उत्थानशिल कृषक सहकारी संस्था लि. जोगिदह, शिवालय कृषक समुह त्रियुगा नगरपालिका–२ गाईघाट, हिमाली कृषक समुह कटारी नगरपालिका–२, नमूना कृषक समुह रामपुरठोक्सिला, एकिकृत पशुपालन तथा कृषक समुह हडिया गाविस–५, हरियाली बहु कृषक समुह बेल्टार–बसाहा नगरपालिका–८, प्रकृति कृषक समुह त्रियुगा नगरपालिका–११ जलजले, त्रिवेणी कृषक समुह कटारी–७ लाई वितरण गरिएको कृषि विकास कार्यालयका प्रमुख गिरीले जानकारी दिए ।
कार्यालयले जिल्लाका विभिन्न कृषक समुह र ब्यक्तिगत रुपमा आधुनिक ब्यवसायीक खेति गर्न चाहनेहरुका लागि आवेदन माग गरिएको थियो । सो आवेदन माग अनुरुप ४१ वटा कृषक तथा समुहको निवेदन परेका मध्ये १२ जनालाई आधुनिक हाते ट्याक्टर वितरण गरिएको हो । कार्यालयका अनुसार १ लाख २० हजार रुपैया पर्ने आधुनिक हाते ट्रयाक्टर कृषक तथा कृषक समूहलाई ५० प्रतिशत अनुदान छुट गरि प्रति ट्याक्टर ६० हजार लिएर वितरण गरिएको कार्यालयका योजना शाखाका प्राविधिक राजिब पाख्रिनले जानकारी दिए ।
कृषक समूहलाई खेत जोत्न, तरकारी फलफूल लगाउनका लागि हाते ट्याक्टर प्रभावकारी हुँदै गएपछि यसको वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय प्रमुख गिरीले बताए । उनले कृषिलाई यान्त्रिकरण गर्दै देशको अर्थतन्त्र मजबुत पार्न हाते ट्याक्टरको वितरण गर्दै आएको जानकारी दिए । उनले ट्याक्टरलाई थन्काएर होइन् प्रयोग गरेर कृषकलाई चाहिने अन्नपात लगायतको फलफूल उत्पादन गर्नमा जोड दिन अनुरोध गरेका थिए । उनले आउँदा दिनहरुमा हाते ट्याक्टर वितरणका लागि थप रकम विनियोजन गर्न सरकारसँग अनुरोध गर्ने समेत बताए ।
सो ट्रयाक्टर प्रकृति टे«डर्स जनकपुरका प्रोप्राइटर रोविन झाले सप्लायर्स गरेका थिए । गत वर्ष पनि उदयपुरका विभिन्न कृषक समूहलाई ११ वटा आधुनिक हाते ट्याक्टर वितरण गरिएको थियो । ट्रयाक्टर वितरण कार्यक्रममा कृषि विभाग प्रशासकिय अधिकृत केदारप्रसाद पोखरेल, राष्ट्रिय कृषक महासंघका प्रतिनिधि देवी थापा, कृषक, पत्रकार लयागतको उपस्थितिमा ट्याक्टर वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले जनाएका छन । ट्रयाक्टर वितरण कार्यक्रमको सञ्चालन प्राविधिक सहायक लक्ष्मी यादवले गरेको थियो ।

No comments:

Post a Comment