Friday, April 8, 2016

हनुमानजस्तै बच्चा जन्मिएपछि पूजा गर्नेको ताँती, पैसाको वर्षा

एजेन्सी: भारत उत्तर प्रदेशको गोरखपुरमा एक अनौठो बालकको जन्म भएको छ । उक्त बालकलार्इ भगवान मानेर पूजा गर्न स्थानीयबासीको लाइन नै लाग्ने गरेको छ । 
 
उक्त बालकको अनुहार हनुमानसँग मिल्ने भएकाले स्थानीयले आफ्नो गाउँमा भगवान हनुमानको जन्म भएको भन्दै पूजाआजामा जुटेका हुन् । 
 
सबैलार्इ आश्चर्य बनाएका बालकको भने मृत्यु भइसकेको छ । 
 
तर, स्थानीयबासीले भने देशमा शान्ति छाओस् ।सबैलार्इ सुख मिलोस भन्ने कामना गर्दै पूजापाठ गरिरहेका छन् । उनीहरुले पूजा गर्दै बच्चाको अघि पैसा चढाउने गरेका छन् । पूजाआजाका लागी स्थानीयको ठूलो भीड लागेको छ ।
 
अन्धविश्वासका कारण स्थानीयले पूर्ण रुपमा शरीरको विकास नभइ जन्मेको बच्चाको पूजाआजा गरेको बताइएको छ । 

No comments:

Post a Comment