Friday, April 8, 2016

ठूलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको जहाज

फोटो :फाइल फोटो
विराटनगर विमानस्थलमा आकस्मिक अवतरण 
विराटनगरः झापाको भद्रपुर विमानस्थलबाट यात्रु लिएर काठमाडौंका लागि उडेको बुद्ध एअरको जहाज विराटनगर विमानस्थलमा शुक्रबार दिउँसो आकास्मिक अवतरण गरिएको छ । 
 
भद्रपुरबाट ६८ जना यात्रु लिएर काठमाडौंका लागि उडेको फ्लाईट नम्बर ९५२ नम्बरको ७० सिटको जहाज इन्जिनमा खराबी आएपछि विराटनगरमा अवतरण गरिएको बुद्ध एअरले जनाएको छ । 
 
जहाजमा ६८ यात्रु, दुई जना चालक दलका सदस्य र दुई जना एअरहोस्टेज रहेका थिए । आकस्मिक रुपमा अवतरण गरिएपनि यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको बुद्ध एअरले जनाएको छ । 
 
उडानका क्रममा इन्जिनमा खराबी उत्पन्न भएर थप प्राविधिक समस्या आएका कारण जहाज आकस्मिक रुपमा ल्याण्ड गरिएको जानकारी बुद्ध एअरका विराटनगर प्रमुख कौशल भण्डारीले दिए । 
 
उनका अनुसार इन्जिनमा खराबी आएको चालक दलका सदस्यले थाहा पाएपछि दिउँसो १ः५ बजे जहाज ल्याण्ड गर्नुपर्ने अवस्था आएको थियो । ‘तत्काल ल्याण्ड गर्न सकिएका कारण सम्भावित दुर्घटनाको जोखिमबाट जोगिएको छ,’ उनले भने । 
 
काठमाडौंबाट प्राविधिक झिकाएर चेकजाँच र परीक्षण गरेपछि मात्र जहाजमा कस्तो खालको समस्या उत्पन्न भएको हो भन्ने बारेमा थप जानकारी गराउन सकिने भण्डारीले बताए । 
 
उनका अनुसार जहाजमा उत्पन्न समस्या पत्ता लगाउन प्राविधिक झिकाउने तयारी भइरहेको छ । 
 
जहाज आकस्मिक रुपमा ल्याण्ड गर्नु परेका कारण अलपत्र परेका भद्रपुरबाट काठमाडौंका लागि उडेका यात्रुहरुलाई अर्को जहाज झिकाएर काठमाडौं पठाउने तयारी भइरहेको जानकारी भण्डारीले दिए । 
- See more at: http://www.annapurnapost.com/News.aspx/story/46935#sthash.lrteDUcZ.dpuf

No comments:

Post a Comment