चरेपानी लगायत ।  फाइल तस्बिर 
ढिकुरा, अर्घाखाँची ( अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको ढिकुरा गाविसमा भरुवा बन्दुकको गोली लागेर एक जना युवाको मृत्यु भएको छ ।
शुक्रबार राती ढिकुरा गाविस वार्ड न. ७ चरेपानीमा भरुवा बन्दुकको गोली लागेर स्थानीय १८बर्षिय केसबहादुर तङ्गनामी मगरको घटनास्थलमै मृत्यु भएको हो । 
३५ बर्षिय डेम बहादुर गुरुङले बोकेको बन्दुकको गोली लागेर मगरको ज्यान गएको हो । घटना लगतै बन्दुक चलाउने गुरुङका सबै परिवार फरार रहेका छन् । उनिहरु सबैको खोजी भैरहेको छ । 
राती नै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक पौडेलको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।   
घटना बारेमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।  
ढिकुरा ।  फाइल तस्बिर 
 
No comments:
Post a Comment