Sunday, April 10, 2016

बजाज एभेन्जरको ३ नयाँ रेन्जका मोटरसाइकल सार्वजनिक


बजाजले एभेन्जर समूहमा थपिएका ३ नयाँ रेन्जका मोटरसाइकल सार्वजनिक गरेको छ। क्रुज २२०, स्ट्रिट २२० र स्ट्रिट १५०, मोटरसाइकल सार्वजनिक भएको छ। यी शक्तिशाली र अद्धीतीय बाइक हुन् जसको स्टाइलले कुनै पनि क्षेत्र र दूरिको मान्छेलाई आकर्षित गर्ने कम्पनीको दावी छ। 
 
कम्पनीका अनुसार एभेन्जर शुरुको मूल्यका साथ देशभरिका बजाजका आउटलेटहरुमा उपलब्ध हुनेछ । एभेन्जर २२० क्रुजको मूल्य  २ लाख ९४ हजार ९००, एभेन्जर २२० स्ट्रिटको.२ लाख ८४ हजार ९०० र एभेन्जर १५० स्ट्रिटको २ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ।
 
नयाँ एभेन्जर रेन्जले क्रुजर बाइक सिग्मेन्टलाई पुर्नपरिभाषित गर्दै अन्तर्राष्ट्रिय स्टाइलिङ्ग र क्रुजिङ्ग सुविधा अफर गरेको छ। एभेन्जर २२० मा क्लासिक क्रुजर कम्फर्ट र लुकलाई यथाव राखिएको छ।
 
सबै नयाँ एभेन्जर स्ट्रिटको रेन्ज सजिलो शहरी सवरीको लागि डिजाइन गरिएको कम्पनीको भनाई छ। एभेन्जर स्ट्रिट १५०० सिसि प्रयोगकर्ताको बढ्दो जमातलाई वास्तविक क्रुजरको अनुभव प्रदान गर्न एभेन्जर स्ट्रिट १५० ल्याइएको कम्पनीले जनाएको छ।  
 
हन्सराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छा भन्छन् “सधैं विशिष्ट प्रडक्ट डिजाइन र उच्च इन्जिन प्रविधिमा केन्द्रित भएकोले बजाजले सधैं बजारमा वर्चश्वकायम गर्नु सकेको हो। एभेन्जर परिवारमा थपिएका यि एभेन्जर बाईकले यस उद्योगलाई नयाँ दिशातर्फ मोड्नुका साथै अरुले पक्षाउने नयाँ नियमहरु पनि स्थापित गर्नेछ । एभेन्जर यस क्रजर बाइकको बजार क्षेत्रमा नयाँ आयाम थप्ने कुरामा हामी विस्वस्त रहेका छौं ।”
 
के छन् अन्य विशेषता ?
एभेन्जर २०० क्रुज नयाँ रेडिएटर, रिडिजाइन्ड साईड ग्रयाब्स, स्टाइलाइज्ड साइलेन्सर र नयाँ ह्याण्डलबारका साथ आउँदा यसको क्रोम हाइलाइट भएको छ। यो मल्टिपल स्टाइल इन्हयान्समेन्ट र क्यु साथ आएको छ जसले यसको अश्र्चयजनक अन्तर्राष्ट्रिय क्रुजर लुकलाई अकर्षक बनाएको छ। राजमार्गमा सजिलो सवारीको लागि एभेन्जर २२० क्रुज सुविधाजनक प्याडेड ब्याकरेस्ट र अप्सनल विन्डसिल्डका साथ आउँछ।
 
जहाँ, एभेन्जर क्रुजको रंग क्रोम छ, एभेन्जर २२०को बनावट स्टिलको छजसमा म्याट कालो र सिल्भर फिनिस रहेको छ। १५० स्ट्रिटको डिजाइन ब्लु रंगमा उपलब्ध छ। मस्कुलर एलोइ ह्विलले यसको बनावटलाई स्पोर्टी र जवान बनाएको छ । एभेन्जर स्ट्रिटको नयाँ होचो र समतल ह्याण्डलबारले शहरी क्षेत्रमा बाइक चलाउँदा सहजनता महशुस हुन्छ । हप्ताभरि शहरी सडकका चुनौतिको सामना गर्दै सप्तान्तमा लामो दूरि तय गर्न सजिलो बनाउँछ । 
 
नयाँ एभेन्जर एकदम नयाँ इन्सिगनिया, नयाँ ग्राफिक्स र स्टाइलिङ्ग क्युज, इम्प्रुभ्ड रियर सस्पेन्सन, ब्राइट ह्वाइट लाइट हेडल्याम्प, ल्यिर लेन्स इन्डिकेटर र उच्चकोटीको सवारी सुविधाको लािग बाक्लो फोमको तह भएको लो स्लग सिटका साथ आउँछ। एभेन्जर २२०–२२० सिसि डिटिएसआई इन्जिनका साथ आउँछ जसले उत्कृष्ट प्रफमेन्स दिन्छ जस अन्तर्गत १९ पिएस पावर र उच्चकोटीको 'लो' देखि 'मिड रेन्ज ग्रण्ट' र १७.५ एनएमको 'टोर्क' पर्दछन् ।
 
वाईक 'इअर कुलर'को साथ आउँछ जसले बहिरि राइडिङ्ग अवस्था जेसुकै भए पनि हाई–प्रफमेन्स इन्जिनको आएल ट्याम्प्रेचर र चिल्लोपना बाइन राख्न मद्दत गर्दछ । एभेन्जर १५० स्ट्रिट इन्जिन एक १५० सिसि डिटिएसआई इन्जिन हो, जुन बाईको लागि पूर्णरुपमा संशोधित गरिएको छ । यसमा १४.५ पिएस पावर र १२.५ एनएमको टोर्क रहेको जसले लो आरपिएमएसलाई बढाएर एभेन्जरलाई सवारीको लागि अति उत्कृष्ट बनाएको छ ।

No comments:

Post a Comment