Saturday, April 9, 2016

राती नाङ्गै सुत्नुका ५ फाइदा , के के हुन ?

विभिन्न अध्ययनले राती नाङ्गो सुत्दा शरिरलाई फाइदा गर्ने पत्ता लगाएको छ। यसो गर्नाले केवल शारिरीक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्य अनि जीवन साथीसंगको सम्बन्धलाई पनि सुधार गर्छ।
खाटमा कपडा उतार्नुलाई संकोच उतार्नुसंग तुलना समेत गरिन्छ। दिमागलाई ध्यान गरि चिन्तामुक्त र स्वतन्त्र गरेझै शरिरलाई पनि स्वतन्त्रताको आवश्यकता पर्दछ। नाङ्गो सुत्नु शरिरको स्वतन्त्रताको लागि आवश्यक मानिन्छ।
मानिस खुसी हुँदा दिमागमा एक विशेष हर्मोन पैदा हुने गर्छ, जसलाई डोपामिन भनिन्छ। सुत्दा अर्को व्यक्तिको छालासंग स्पर्श हुँदा हुने अनुभुतिले पनि डोपामिन पैदा हुन्छ। डोपामिनको सन्तुलित उत्पादनले मानसिक स्वास्थ्यमा सकारात्मक असर गर्छ।
नाङ्गो सुत्दा स्वास्थमा पर्ने फाइदा
१. अनिन्द्राबाट बचाउँदछ
sleep-wellराति सुत्दा शरीरको भित्री तापक्रम घटेमा मात्रै निन्द्रा राम्रो हुने अस्ट्रेलियन निन्द्राविशेषज्ञहरूले पत्ता लगाएका थिए। शरीरले स्वतः भित्री तापक्रमलाई बाहिर रेडियटरले जस्तै गरेर फाल्दछ र नाङ्गो सुत्दा त्यस प्रक्रियामा मद्दत पुग्दछ।
२. लामो र गहिरो निन्द्रा लगाउँदछ
राति सुत्दा शरीरको तापक्रम नियन्त्रण हुनाले लामो र गहिरो निन्द्रा पर्ने पनि उक्त खोजबाट पत्ता लागेको थियो। त्यसैले नाङ्गो सुत्दा शरीरको तापक्रममा नियन्त्रण हुन्छ र गहिरो निन्द्रा लाग्न मद्दत पुग्दछ।
३. रक्तसञ्चारमा सुधार
राति कसिलो लुगा लगाउँदा, शरीरको रक्तसञ्चारमा बाधा आउने हुनाले मुटु, फोक्सो र मस्तिष्कलाई असर पर्दछ। शरीरको सबै अङ्गहरूमा पर्याप्त मात्रा अक्सिजन पुर्याउनको लागि नाङ्गो सुत्नु फाइदाजनक हुन्छ।
४. यौन जीवनमा सुधार
तपाईँको जीवनसङ्गीसँगको स्पर्शले शरीरमा एक प्रकारको हर्मोन पैदा हुन्छ, जसलाई अक्सोटक्सिन भनिन्छ। साथै खुसी हुँदा पैदा हुने डोपामिन पनि पैदा हुनछ। यी हर्मोनले हाम्रो यौन क्रीडामा धेरै मद्दत पुर्याउँदछ र सन्तुष्टि ल्याउँदछ, साथै तनाव र थकानबाट पनि मुक्त गराउँदछ।
५. छालाको रोगबाट बचाउँदछ
विशेष गरी गुप्ताङ्ग, काखी, खुट्टालाई राति खुल्ला छोड्यो भने त्यस ठाउँहरूमा हावाको बहाव हुन्छ र छालाको रोगबाट पनि बच्न सकिन्छ।

No comments:

Post a Comment