Saturday, April 9, 2016

करिश्मा र सञ्जय छुट्टिए, छोराछोरीको जिम्मा करिश्मालाई

फोटो :एजेन्सी
एजेन्सी: बलिउड अभिनेत्री करिश्मा कपुर र सञ्जय कपूरबीच अन्तत: सम्बन्ध विच्छेद भएको छ। लामो समयदेखि खटपट हुँदै आएको उनीहरुबीचको सम्बन्धलाई अन्तिममा भारतको सर्वोच्च अदालतले छुट्टिने स्वीकृति दिएको हो।
 
अदातलका अनुसार करिश्मालाई दुबै छोराछोरीको रेखदेख र पढाइ गर्ने जिम्मेवारीसहित आफूसँग राख्ने अनुमति दिएको छ। योसँगै उनले सञ्जय कपुरसँगको मुद्दा जितेकी छन्। 
 
दुवै बच्चाहरुको रेखदेख गर्ने जिम्मेवारी करिश्माले दिए पनि सञ्जय कपुरलाई पनि छोराछोरीलाई भेट गर्ने अधिकार अदालतले दिइएको छ। सञ्जय कपुर अब महिनामा २ हप्ता आफ्ना छोराछोरीसँग भेट्न र सँगै बसेर समय बिताउन सक्नेछन्। 
 
बताइए अनुसार करिश्माले सञ्जयसँग सम्बन्धविच्छेद अघि केही आर्थिक मामिला उठाएकी थिइन्। उनले सञ्जयविरुद्ध दाइजो उत्पीडन तथा घरेलु हिंसाको मुद्दा समेत दायर गरेकी थिइन्। 
 
सहमतिमै करिश्मा अब सञ्जयको मुम्बईस्थित घरमा बस्नेछिन् । छोराछोरीको आधा खर्चको भार पनि सञ्जयले उठाउनेछन्। उनले छोराछोरीको खर्चका लागि १४ करोड भारुको कोष बनाउनेछन्, जसबाट प्रत्येक महिना छोराछोरीको लागि १० लाख रुपैँया प्रदान गर्नेछन्। 
 
अदतलाको फैसलापछि करिश्माले सञ्जयविरुद्ध दायर गरेको दाइजो, उत्पीडन र घरेलुहिंसाको मुद्दा पनि विस्तारै फिर्ता लिनेछिन्। 
 
करिश्मा कपुर र सञ्जय कपुरबीच सन् २००३ मा विवाह सम्पन्न भएको थियो। यो सम्बन्धलाई दुवैजनाले दीगो बनाउन नसकेपछि सन २०१० मा करिश्मा सञ्जयको घर छोडेर मुम्बईमा बस्दै आएकी थिइन्। 

No comments:

Post a Comment