Friday, April 8, 2016

चीनको यो मिसाइल जसको नाम सुन्दा विश्व तर्सिन्छ

जव लामो लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रको कुरा हुन्छ चीनको नाम अगाडी आउँछ ।
dddd

परमाणु हतियारमा भारतलाई तह लगाउन चीनले नयाँ रणनीति बनाइरहेको अमेरिकी थिङ्कट्याङ्कको दावी छ ।
भारतले सैन्यबलको अत्याधुनिकिकरणमा जोड दिन थालेपछि चीनले पनि त्यस भन्दा बढी मजबुद सैन्य बलको तयारी गरि राख्ने र आणविक प्रतिद्वन्द्धीकोरुपमा भारतलाई आउन नदिने रणनीति बनाएको छ ।

चीनको “डोङफेङ्ग” भनिने मिसाइलको नाम सुन्दा विश्व तर्सिन्छ । डोङफेङ्ग चीनका शत्रुहरुलाई प्रलय बराबर हो ।
सुपर पावर चीनको सबैभन्दा शक्ति मिसाइलमै छ । यसले अमेरिका देखि युरोपका सबै देशमा मार हान्ने क्षमता हान्न सक्छ ।
चीनले यो मिसाइलको परीक्षण गत वर्षको अक्टोरमा आयोजित नेशनल डे शो भन्दा अगाडी गरेको थियो । यसको उद्देश्य नै चीनको शक्ति विश्वलाई देखाउनु थियो ।
अमेरिकी थिङ्क ट्याङ्कको पछिल्लो प्रतिवेदनप्रति चीनले मुख खोलेको छैन । यद्यपी अमेरिकामा सञ्चार माध्यमले यसलाई सनसनी खवर बनाएका छन् ।

No comments:

Post a Comment