Friday, April 8, 2016

पति विदेशमा, पत्नी भतिजोसँग हिँडिन्

फोटो :फाइल फोटो
खोटाङः पति विदेशमा रहेको मौकामा ऋण लिएर भतिजासँग पोइल जाने खोटाङकी एक महिला पक्राउ परेकी छिन् । 
 
विभिन्न सहकारी संस्था तथा व्यक्तिबाट ऋण लिएर भतिजासँग पोइल गएकी दिक्तेल नगरपालिका–८ निवासी ३० वर्षीया सुजता राई पक्राउ परेकी हुन् । 
 
साईनोले भतिजो पर्ने स्थानीय ३५ वर्षीय प्रजित राईसँग चैत १७ गते हिँडेकी उनलाई भाग्दै गरेको अवस्थामा चैत २३ गते उदयपुरको कटारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 
भतिजोसँगै पक्राउ परेकी सुजतालाई अड्डासार गर्दै शुक्रबार कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । 
 
विवाह गरेर भतिजोसँग भागेपछि ऋणधनीले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुजताले जिल्लामा सञ्चालित महुली सहकारी संस्थाको ७० हजार, डिब्लोस सहकारी संस्थाको ४० हजार तीन सय ६३ र छिमेकीको समेत ऋण लिएर भागेको प्रहरीले जनाएको छ । 
 
पक्राउ परेका सुजता र प्रजीतविरुद्ध पीडितले दिने उजुरीको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रनाउ माझीले बताए । 
 
‘हामीले ठाडो उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेर ल्याएका छौं’, उनले भने, ‘अहिलेसम्म उजुरी आएको छैन, पीडितपक्षले दिने उजुरीको आधारमा कारबाही हुन्छ ।’
 
एक छोरा र एक छोरीकी आमा सुजताको श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षदेखि मलेसियामा रहेका छन् । श्रीमानले विदेशबाट कमाएर पठाएको पैसासमेत सुजताले बोकेर भतिजासँग भागेको स्थानीयले बताएका छन् । 
 
सुजतालाई लिएर भाग्ने भतिजा प्रजितको पनि घरमा श्रीमती र एक छोरी छन् । उनीहरुले विवाह गरेर भागेपछि दुवै परिवारको विचल्ली भएको स्थानीयले बताएका छन् । 

No comments:

Post a Comment