Sunday, April 10, 2016

चर्चामा १०८ किलो तौल घटाउने अनन्त

फोटो :एजेन्सी
एजेन्सीः भारतीय उद्योगपति मुकेश अम्बानीका छोराले चमत्कारीक ढंगले तौल घटाएपछि सामाजिक सञ्जालमा उनको चर्चा छ । 
 
बिना शल्यक्रिया अनन्त अम्बानीले १८ महिनाको अवधिमा एक सय ८ किलो तौल घटाएका छन् ।
 
इच्छाशक्ति भए तौल घटाउन सकिने भन्दै सामाजिक सञ्जालमा अनन्तको चर्चा छ । भारतीका कांग्रेस नेता राजीव शुक्लाले अनन्तसँग खिचेको तस्बिर ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।
 
नेता शुक्लाले अनन्तले तौल घटाउनुमा उनको इच्छाशक्ति नै प्रमुख रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘अनन्त अम्बानीको २१ औँ जन्मदिनमा उनको साथमा । उनले १८ महिनामा शल्यक्रिया बिना एक सय ८ किलो तौल घटाए । यो कस्तो इच्छाशक्ति ।'
 
छोटो अवधिमा एक सय ८ किलो तौल घटाएका अनन्तको तस्बिर सामाजिक सञ्जालमा चर्चामा छ । कतिपयले भने शल्यक्रिया बिना छोटो अवधिमा यत्ति धेरै तौल घटेको कुरा पत्याएका छैनन् । 
 
अनन्तले शनिबार आइपिएल क्रिकेटको उद्घाटन खेलमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरसँग तस्बिर खिचेर समेत सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । 
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको नामको नक्कली आइडीबाट व्याङ्ग्यात्मक शैलीमा अनन्तको तौल घटेको उल्लेख गरिएको छ । ‘देखियो मोदीको राज्यमा अनन्त अम्बानी कति पातलो हुँदै छन्।'
 
अनन्त अम्बानीले बिना सर्जरी आफ्नो वजन घटाएको कुरामा कतिपयले भने विश्वास गरेका छैनन् । 

No comments:

Post a Comment