Saturday, April 9, 2016

कुश्मामा नेपालकै स्तरिय होटल संचालनमा आयो को हुन् त संचालक ??

0पर्वत २६ चैत्र २०७२ । धौलागिरि अंचलमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारको साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रबर्धन गर्ने उदेश्यका साथ पर्वत जिल्लामा पहिलो पटक भूकम्प प्रतिरोधक, आधुनीक एवं सुबिधा सम्पन्न होटल संचालनमा आएको छ ।10 पर्वत लगायत बागलुङ र म्याग्दी जिल्लामा आएका पर्यटक एवं पाहुनाहरु सुबिधा सम्पन्न होटल नभएकै कारण पोखरा फर्कनुपर्ने अवस्थालाई मध्यनजर गर्दै होटल बेन्जु संचालनमा ल्याइएको हो । पर्यटकको बसाई मात्रै होइन कतिपय सानातिना कार्यक्रमहरु कुश्मामा भैरहे पनि बिभिन्न संघ संस्था तथा कार्यालयद्वारा आयोजना गरिने स्तरिय कार्यक्रमहरु संचालन गर्नको लागी यस क्षेत्रका होटलमा आवश्यक सुबिधा नभएको कारण पोखरा र काठमाण्डौमा जानुपर्ने अवस्था थियो । 3होटल बेन्जुले पोखरा र काठमाण्डौका स्तरिय होटलहरुले दिने सबै सुधिका उपलव्ध गराउन सक्ने होटलका संचालक एवं प्रबन्धक बिशम श्रेष्ठ बताउँछन् । होटल स्थापना संगै पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेका मोदीखोला र कालीगण्डकी नदीको माथी निर्माण भएका नेपालकै सबैभन्दा अग्ला ३ ओटा झोलुङ्गे पुल, चिनियाँ प्रबिधिवाट कालीगण्डकीको माथी बन्न लागेको बन्जीजम्प सहितको एसियाकै पहिलो साहसिक पुल, यान्त्रीक पुल, कुश्माको गुप्तेश्वर र कटुवाचौपारीको अलपेश्वर गुफा, पबित्र मोदीबेनी धाम, दुर्लुङकोट, ज्ञादीको पाटेश्वरी मन्दीरको साथै पंचासे, डहरे देउराली, अन्धाअन्धी, सहश्रधाराको साथै पबित्र कालीगण्डकी नदीको दर्शन एवं प्रबद्र्धनको लागी प्याकेज कार्यक्रम नै संचालन गरिने श्रेष्ठको भनाई छ । त्यसैगरी बागलुङको भैरबस्थान, प्रसिद्ध कालीका भगवती मन्दीर, ढोरपाटन, म्याग्दीको गलेश्वरको साथै मुस्ताङको मुक्तिनाथ मन्दीर लगायत धौलागिरि अंचलका महत्वपुर्ण धार्मिक एवं पर्यटकीय स्थानहरुको भ्रमण तथा दर्शनको लागी समेत बिशेष प्याकेज कार्यक्रम संचालन गरि अन्तरिक तथा बाह्य पर्यटकको लागी सहज रुपमा अध्ययन, अवलोकन र दर्शनको समेत व्यवस्था मिलाईने श्रेष्ठले बताए । सदरमुकाम कुश्माको बिच भागमा पर्ने प्रगतीचोकम नजिकै निकै रमणिय र शान्त स्थानमा ३ रोपनी क्षेत्रफलमा भूकम्प प्रतिरोधक बिधि अपनाई चारैतिर कम्पाउण्ड सहित तयार गरिएको होटल बेन्जु निर्माणमा ९ करोड भनदा बढी खर्च गरिएको श्रेष्ठले बताए । कम्पाउण्ड भित्र निकै कलात्मक र आकर्षक रुपमा रहेको पार्क र बिचमा रहेको जलपरिको मुर्तिको साथै भित्तामा लेखिएका कलात्मक चित्रले पाहुनाहरुलाई मनोरञ्जन र आकर्षकता दिने श्रेष्ठको भनाई छ ।2 सुबिधा सम्पन्न तवरवाट कुश्मामा संचालन गरिएको उक्त होटलको कारण धौलागिरि अंचलको पर्यटन बिकासको साथै स्थानीय कला संस्कृतिमा ठुलो योगदान पुग्ने नेपालकै लामो झोलुङ्गे पुलका परिकल्पनाकार एवं अभियान्ता सूर्यप्रकाश पौडेलको धारणा रहेको छ । पर्वत जिल्ला धौलागिरि अंचलकै प्रबेसद्वारको रुपमा रहेको सदरमुकाम कुश्मामा स्तरिय रुपवाट संचालन हुन लागेको उक्त होटलको कारण पर्वत जिल्लालाई मात्र नभई सिंगो धौलागिरि अंचलमा रहेका सबै धार्मिक, साँस्कृतिक, स्थानीय रितिरिवाज, कला र भेषभुषाको प्रबद्र्धनमा बिशेष महत्व दिँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा समेत ठुलो सहयोग पुग्ने संम्भावना रहेको पर्यटन प्रबद्र्धक एवं साहित्यकार आरके ‘अदिप्त’ गिरी बताउँछन् ।5 होटलमा धौलागिरिमा उत्पादीत कृषि तथा औद्योगीक उत्पादनको साथै हस्तकला र स्थानीय कलात्मक उत्पादनको प्रबद्र्धनको लागी प्रदर्शनी तथा बिक्रि कक्ष समेत संचालन गरिने होटल बेन्जुका प्रबन्धक श्रेष्ठ बताउँछन् । श्रेठका अनुसार पर्वतमा अल्लो र अल्लोवाट बनेका सामाग्री, नेपालकै उत्कृष्ठ अर्गानीक कफी, लप्सी, मह, सुन्तलाको जुस, मूस्ताङको स्याउ र खुर्पानीवाट बनेका परिकार, म्याग्दीमा उत्पादन भएको टिमुरको साथै हस्तकलाका सामाग्रीहरुको समेत प्रदर्शनी तथ बिक्रि गरिने श्रेष्ठको भनाई छ । नेपाललाई आर्थिक बिकास गराउने हो भने प्रथमत पर्यटन उद्योगको बिकास आवाश्यक रहेको श्रेष्ठको धारणा छ । श्रीलंका, थाइलैण्ड, भुटान, जर्मनी, बेल्जीयम, लक्जम्वर, प्रान्स, डेनमार्क, रुस, भारत र चिन लगायतका देशहरुको भ्रमण गरी होटल व्यवसाय तथा पर्यटन व्यवसाय सम्वन्धी राम्रो अनुभव संगालेका श्रेष्ठले नेपालको भौगोलीक, धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पदालाई मध्यनजर गर्दा पर्यटन व्यवसायको प्रबद्र्धनले नै नेपालका सबै व्यवसायलाई स्थापीत र सफल बन्न सहयोग पु¥याउने दावि गर्दछन् । . होटल बेन्जुका आकर्षण एवं सुबिधाहरु साढे चार तलामा १२/१४ फुटका एटेज बाथरुम सहितका रुमहरु रहेको उक्त होटेलका सबै रुमहरुमा चारैतिर देखिने खुल्ला झ्यालहरु रहेका छन् । तातो चिसो पानि सहितको प्रत्येक वाथरुममा टपवाथको साथै प्रत्येक रुम सँगै १/१ बटा प्राईवेट बाल्कोनी/बराण्डा रहेका छन् ।6 ६ बटा एसी रुमहरु रहेको उक्त होटलको प्रत्येक रुपमा आधुनिक बेड, दराजको साथै टि टेबुलहरु राखिएका छन् । प्रत्येक तलाको बिचमा १/१ वटा रेष्टरुम समेत रहेको उक्त होटलको माथिल्लो तलामा सजिलै जान सकिने खालको सिंढीहरु रहेका छन् । होटल बेन्जुमा बिदेशी मात्र होइन प्रत्येक नेपाली पाहुनाहरु पनि सर्बसुलभ रुपमा बस्न सक्ने गरि बनाईएको संचालक श्रेष्ठ बताउँछन् । एसी रुमको १५ सय र डिलक्स रुमको मात्र १ हजार रेट रहेको उक्त होटलमा अध्ययन र अवलोकनको लागी आउने भ्रमण टोली, बिद्यार्थीहरुको लागि कमन रुम र पारिवारिक सदस्यहरुको लागी आकर्षक कपोल रुमहरु समेत रहेका छन् । होटलको कम्पाउण्ड भित्रै खुल्ला र पर्याप्त मात्रामा पार्किङको व्यवस्था रहको उक्त होटल होटलमा बिभिन्न कार्यक्रम, मिटिङ, सेमिनार, सभा समारोहको लागी आकर्षक र सुबिधा सम्पन्न बैठक तथा सेमीनार हल निर्माण गरिएका छन् । सभा तथा सेमीनारको लागी २०० जना सजिलै अटाउन सक्ने हलको साथै बैठक तथा गोष्ठिको लागी ५० जना अट्न सक्ने बिजनेस क्लासको हल निर्माण गरिएका छन् । प्रत्येक हल भूईतलामै रहेको हुँदा कार्यक्रमका सहभागिहरुलाई सिंढी चढ्न वा उक्लीन नपर्ने बनाईएको संचालक श्रेष्ठ बताउँछन् । प्रत्येक हलमा आधुनीक फर्निचर एवं मल्टीमिडिया र स्तरिय साउण्ड सिष्टम सहितका बिद्युतीय उपकरणको व्यवस्था गरिएको उक्त होटलमा लोडसेडिङको समयमा पनि जेनेरेटर मार्फत बिद्युत सेवाको साथै प्रत्येक रुम र हलमा सजिलै चल्न सक्ने खालको वाईफाई सिष्टम जडान गरिएको छ । संचालकको प्रत्यक्ष रेखदेखमा कर्मचारी सिष्टमवाट संचालन हुने उक्त होटलमा १० जना कर्मचारीले निरन्तर सेवा दिने संचालक श्रेष्ठ बताउँछन् । पारदर्शि र मापडण्ड अनुसारको किचन रहेको उक्त होटलमा १ पटकमा ५० जनालाई सजिलै सँग खुवाउन सक्ने डायनियङ्ग रुम रहेको छ । २० जना भन्दा बढी पाहुनाहरु भएमा बुफे सिष्टमवाट खुवाईने व्यवस्था गरिएको छ । तारे होटलको मापण्ड अनुसार तयार गरिएको उक्त किचनको बिशेष सरसफाई एवं परिकारमा बिशेष ध्यान दिइएको श्रेष्ठ बताउँछन । . को हुन् होटलका संचालक एवं प्रबन्धक बिशम श्रेष्ठ ? बागलुङ जिल्लाको नारायस्थान गाविस–६ मा जन्मीई पर्वत सदरमुकाम कुश्माबजारलाई २०५० साल देखी कर्मथलो बनाउँदै आएका श्रेष्ठ एक सफल व्यवसायी तथा उद्योगी समेत हुन् ।13 कुश्मा बजारमा गिफ्ट आइटमको व्यवसायवाट व्यापारीक क्षेत्रमा प्रबेस गरेका श्रेष्ठले स्टिल फर्निचर एवं ग्रिल उद्योग संचालन पछि बिगत १८ बर्ष देखी श्रेष्ठ फर्निचर एण्ड फर्निसिङ सेन्टरलाई निरन्तरता दिँदै आएका छन् । होटल बेन्जु श्रेष्ठको नयाँ व्यवसाय भने पक्कै होईन । पोखराको लेकसाईडमा आफ्नै व्यवस्थापनमा संचालनमा रहेको होटल पिस पोखरा नामको स्तरिय होटल संचालनको अनुभब पछि कुश्मामा स्तरिय होटलको आवाश्यकता पहिचान गरि उक्त होटल निर्माण गरिएको उनको भनाई छ । श्रेष्ठ यतिकै सफल व्यवसायी बनेका होइनन् । सबै सफलताको पछाडी उनकी श्रीमती मन्जना श्रेष्ठको ठुलो र महत्वपुर्ण भुमिका रहेको छ । श्रेष्ठ एक व्यबसायी मात्र होइनन् उनी सामाजीक व्यक्ति पनि हुन् । पर्वत जेसीजका पुर्व अध्यक्ष, नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष, घरेलु तथा साना उद्योग महासंघ पर्वतका पुर्व अध्यक्ष, महासंघका पुर्व केन्द्रीय सदस्य, पर्वत उद्योग बाणिज्य संघका पुर्व प्रथम उपाध्यक्ष रहेका श्रेष्ठ फर्निचर व्यवसायी संघका जिल्ला सल्लाहकार समेत हुन् । नेवा डेय डबु पर्वतका अध्यक्ष, हेल्पीङ हेण्ड्स नेपाल पर्वतका सचिव, लायन्सक्लव अफ शिवालयका सन् २०१६/१७ का इन्कमिङ अध्यक्ष समेत रहेका श्रेष्ठ कुश्माको शुभलक्ष्मी बहुदेश्यीय सहकारी संस्था लि.का संस्थापक अध्यक्ष समेत रहेका छन् ।  

No comments:

Post a Comment