Saturday, April 9, 2016

युके लाहुरेबाट बरामद एसएलआरको बुलेट बेल्ट नक्कली

जहाज चढ्नका लागि वेइटिङ रुममा बसिरहेका बेला त्रिभुवन विमानस्थल प्रहरीले विहीबार एक बेलायती लाहुरेलाई नियन्त्रणमा लियो। 'तपाईँको सुटकेशमा एसएलआरको बुलेट बेल्ट धेरै नै मात्रामा देखियो, यस बारेमा तपाईसँग केही अनुसन्धान गर्नु छ' भन्दै प्रहरीले नेपाली मुलका बेलायती नागरिक अभिषेक लिम्बुलाई नियन्त्रणमा लियो ।
 
नेपाल एयरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका नेपाली मुलका ब्रिटिश नागरिक राहदानी नम्बर ५१२९९९०४३ बाहक लिम्बुको सुटकेश भित्र कपडाले छोपेको अवस्थामा प्रहरीले ६१ थान एसएलआरको जस्तो बुलेट बेल्ट र १ थान खोका भेटेपछि प्रहरीले नियन्त्रणमा नै लिएर अनुसन्धान गर्न महानगरीय अपराध महाशाखामा पठायो ।
 
अनुसन्धानका क्रममा लिम्बुले नेपालबाट युके लैजान लागेको ६१ बुलेट बेल्ट नक्कली भएको खुल्न आएको छ ।
 
'लिम्बुको सुटकेशबाट बरामद भएको बेल्ट नक्कली देखिन्छ', अपराध महाशाखाका एसपी एवम् प्रवक्ता सहकुल थापाले सेतोपाटीसँग भने, 'छानबिन अझै जारी छ ।' लिम्बुले आफू १२ वर्षदेखि युके लाहुरे भएको र सजाउनका लागि आफू र आफन्तलाई बुलेट बेल्ट लैजान लागेको बताएका छन्।

No comments:

Post a Comment