मुम्बर्इ / भारतीय फिल्म तथा टेलिभिजन उद्योगका तमाम कलाकार टिभि स्टार प्रत्यूषा बनर्जीको आत्महत्याको खबरले स्तब्ध छन्। यसैबीचमा फिल्म स्टार प्रियंका चोपडासँग सम्वन्धित एक खबर सार्वजनिक भएको छ। उनले आफ्ना संघर्षका दिनमा आत्महत्या गर्न खोजेको खबर आएको हो। यो खबर प्रियंकाका एक्स- म्यानेजर प्रकाश जाजु मार्फत बाहिर आएको हो।
बलिउड र हलिउडमा सफलताको झन्डा गाडी सकेकी प्रियंका आज एक पपुलर इन्टरनेशनल स्टार बनिसकेकी छन्। पूर्व मिस वर्ल्ड प्रियंकाका संसारभर करोडौं फ्यानहरु छन् तर एक समय उनी भित्रै देखि कमजोर भएको प्रकाशको भनाई छ।
एक पटक असिमसँगको झगडा पछि प्रियंका मुम्बईको वसई क्षेत्रमा ड्राइभ गरेर आएको र त्यहाँ आत्महत्याको प्रयाश गरेको प्रकासले बताएका छन्।
यो त सबैलाई थाहा छ प्रियंकाको उनका पूर्व म्यानेजरसँग राम्रो सम्वन्ध छैन। प्रियंकाले प्रकाशसँग कन्ट्रयाक पनि अचानक तोडेकी थिइन्। २००८ मा प्रियंकाका पिताले प्रकाशका विरुद्व केस दायर समेत गरेका थिए। त्यस पछि प्रशाक ६७ दिन जेलमा समेत बसेका थिए।एजेन्सीकाे सहयाेगमा
No comments:
Post a Comment