Friday, April 8, 2016

अस्मी भइन् मिस नेपाल

काठमाडौं – अस्मी श्रेष्ठ यसवर्षको मिस नेपाल घोषित भएकी छिन्। राजधानीको अन्नपूर्ण होटलमा आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन्।
व्यत्तित्व विकासको प्रशिक्षण लिन मिस नेपाल आएकी उनी उपाधि जित्दा स्तब्ध भएकी थिएन्। ‘मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो । खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको छ,’उनले भनिन्  ।

२२ वर्षिय अस्मी श्रेष्ले १८ प्रतियोगिलाई जितेकी हुन्।  उनले उपाधीसँगै यामाहाको स्कुटर र एक लाख प्राप्त गर्नेछिन्। उनले मिस वल्र्डमा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् । उनी फ़ेस अफ क्यासिक डाइमण्ड २०१४को उपाधी जितेकी थिइन् । राष्टिय नेटबल खेलाडी उनले आठौं एशियन च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।  निर्णयक राजेन्द्र थापाले सोधेको 'महिला आरक्षण दिनुपर्छ, पर्छ र केही समयलाई दिनुपर्छ ?,’ प्रश्नमा उनले उत्तर दिएकी थिएन्,'महिला आरक्षण चाहिदैन कारण २१ औं शताब्दीमा हामीले पहिलो महिला राष्ट्रपति र ३ सिएनएन हिरो पाईसकेका छौं।'
यस्तै मिस नेपाल अर्थ रोशनी खत्रीघोषित भइन् । उपाधीसँगै उनले ७५ हजार र फिलिपिन्स् एेयरलाईन्सको टिकट जितेकी थिएन्। उनले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस नेपाल इन्टरनेशनलको उपाधी वर्षा लेखीले जितिन् । उपाधीसँगै उनले ५० हजार र नेपाल वायुसेवाको टिकट जितिन्। उनले मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । 

त्यस्तै विभिन्न विधा अन्तरगत बब्ली आयुष्मा श्रेष्ठ, फेन्डसिप अन्सु केसी, गाउन, फोटोजेनिक र इन्टेलेक्चुअल अस्मी श्रेष्ठ, फेसिनो र एथलेटिक आस्मा केसी, स्कलर र ब्युटीफूल स्किन प्रेरणा अधिकारी, कन्फिडेन्ड र पर्शन्यालिटी रोशनी खत्री, ट्यालेन्ट सृजना रेग्मी र ब्युटी विथ प्रपोज प्रतिमा दवाडीले जितिन् । 

राजेन्द्र थापा, अस्मी राणा, लक्ष्मण हुमागाँई, बबिता बस्नेत,गंगाजंग थापा,इन्दिरा जोशी, सचिन  श्रेष्ठ, नबिना लामा, जीवन लुइटेल, संगीता श्रेष्ठ र स्नेहालक्ष्मी राणा निर्णायकका रुपमा थिए । त्यस्तै नम्रता श्रेष्ठ, रोशनी खत्री, अस्मी श्रेष्ठ र सृजना रेग्मी टप ५ मा छानिएका थिए।

यस वर्षको मिस नेपालमा पोखरा, चितवन, नेपालगञ्ज, धरान, विराटनगर र बुटवल लगायतबाट प्रतियोगीहरु छनोट भएका थिए। द हिडन ट्रेजरले आयोजनामा भएको मिस नेपालको यो २१ औं संस्करण हो । यसपटक प्रतियोगितामा आश्मा केसी, कृतिमा रिमाल, सञ्जग कट्टुवाल, सचिना श्रेष्ठ, जुवी जोशी, आयुष्मा श्रेष्ठ, रोशनी खत्री, सुनिया शर्मा, अन्सु केसी, कुसुम थापा मगर, अस्मी श्रेष्ठ, करुणा खड्का, अनिता कार्की, वर्षा लेखी, सन्दिपा लिम्बु, सृजना रेग्मी, प्रतिभा दवाडी, नम्रता श्रेष्ठ र प्रेरणा अधिकारीले सहभागिता जनाएका थिए। कोरियोग्राफर रचना गुरुङ शर्माले उनीहरुलाई प्रशिक्षण दिइकी थिइन्।




यसपटकको अडिसन माघ २८ देखि सुरु भएको हो । ‘यसअघि समेत २५ सय दर्शक अटाउने अन्नपूर्ण होटलमा मिस नेपाल गरिसकेको हुँदा फेरि जुटेका हौं,’ आयोजकका गोपालसुन्दरलाल कक्षपतिले भने,‘करिव पाँच साताको प्रशिक्षणमा प्रतियोगीहरुले व्यत्तित्व विकास र नेतृत्व विकासका विभिन्न प्रशिक्षणहरु पाएका थिए।’

No comments:

Post a Comment