Saturday, April 9, 2016

शनिवार साँझ गएको भूकम्पले…………. !

काठमाडौं उपत्यकामा शनिवार बेलुकी भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । ललितपुरको भैसेपाटी केन्द्र रहेको भूकम्पले मानिसहरुमा त्रास फैलिएको थियो ।
शनिवार साँझ ७ बजेर ५ मिनेट जाँदा राजधानीमा भूकम्प धक्का महसुस भएको थियो । ललितपुरको भैसेँपाटी केन्द्र रहेको भूकम्प ४ दशमलव ५ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो एक बर्ष अघि गएको ठूलो भूकम्पको पराकम्पन भएको केन्द्रले बताएको छ । भूकम्प गएपश्चात मानिसहरुमा भागाभाग मच्चिएको थियो । ठूलो भूकम्प गएको एक बर्ष पुग्नै लाग्दा आएको ठूलो झट्काले मानिसहरु फेरि आतंकित भएका हुन् । वैशाख १२ गतेपछि ४ रेक्टर स्केल भन्दा माथिका ४४६ वटा पराकम्पन गएको केन्द्रले जनाएको छ ।
 
यसैबीच earthquake-victim2
को पराकम्पनबाट आत्तिएर घरबाहिर भाग्दै गर्दा ललितपुरमा चारजना घाइते भएका छन् ।
पाटन सुन्धाराकी रतनदेवी शाक्य घरको छतबाट हाम फाल्दा घाइते हुनुभएको छ भने बज्रवाराही नगरपालिकाका एक युवक पनि भाग्दा घाइते भएका थिए । यस्तै पाटनका विकेश शाक्य र संगिना वैद्य पनि भाग्दा घाइते हुनुभएको थियो । घाइतेहरु मध्ये पाटन अस्पतालमा दुई जना र बिएण्डबी अस्पतालमा दुई जनाको उपचार भइरहेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment