Sunday, April 10, 2016

पाईरेसीको मारमा ‘प्रेमगीत’,सात जना पक्राउ

फिल्मीबजार,२८ चैत्र २०७२,काठमाण्डौ । केहि दिन अघि मात्रै चलचित्र पशुपति प्रसाद पाईरेसी भएको थियो । उक्त घटना सेलाउन नपाउदै यसै बर्षको सफल चलचित्र ‘प्रेम गीत’पाईरेसीको मारमा परेको छ । बुधबार मात्रै ५१ दिनको सफलताको खुसी मनाएको निर्माण पक्षलाई शुक्रबार देखी नै पाईरेसीको खबरले तनाब बनाएको थियो । कोटेश्वर स्थित मोबाईल पसलमा फिल्म पेनड्राईभ मार्फत बिक्री वितरणको भएको सुराकी पाएपछि शनिबार ७ जना युवालाई प्रहरीले पक्राउ समेत गरेको छ । सुराकीको आधारमा महानगरीय प्रहरी बृत तिनकुने र कोटेश्वरको टोलीले छापा हान्दा फिल्म पेनड्राईप मार्फत बिक्री गरेको फेला पारेको प्रहरीले जनाएको छ । साथै प्रहरीले फिल्म राखिएको ल्यापटम, कम्प्युटर तथा मोबाईल जफत गरेको छ । पाईरेसीको आरोपमा पक्राउ पर्नेमा मोबाईल (सिडी) पसल सञ्चालक सहित सात जना बिधार्थी र युवा छन् । पाईरेसीको मारमा फिल्म परेपछि ‘प्रेमगीत’ निर्माण पक्ष किटानी जायरी दर्ता गर्ने तयारीमा रहेको बुझिएको छ । यद्दपी किटानी दर्ता नभई आफुहरुले केहि भन्न नमिल्ने डिएसपी नारायण प्रसाद चिमरीयाले बताएका छन् । सन्तोष सेनको निर्माण तथा सुदर्शन थापाले निर्देशन गरेको फिल्म केहि समय अघि मात्रै करिब डेढ दर्जन भन्दा बढी देशहरुका लागि ओभरसिज राईट बेचेको थियो । फिल्म पाईरेसी हुदा ओभरसिज राईटलाई असर हुने देखिन्छ । फिल्म प्रदर्शनको लागी निर्माता सेन र नायक प्रदिप खड्का शुक्रबार देखी हङकङमा छन् ।

No comments:

Post a Comment