Thursday, April 7, 2016

नेपाली तिम्ल्याहा डाक्टर दाजुभाइलाई नै केकी अधिकारी मन परेपछि… (भिडियो सहित)

मिडिया एनपी, काठमाडौं, २४ चैत्र । चितवनको पारसनगरमा २०४८ सालमा ८ मिनेटको अन्तरालमा जन्मिएका डा. सौगात देवाकोटा, डा.सौजन देवकोटा र डा.सौरज देवाकोटाले आजसम्म जीवनमा जे पनि गरे सँगै गरे । यि तिन दाजुभाइलाई अहिले एउटै केटी मन परेर हैरान भएका छन् । यि तिन दाजु भाईलाई मन परेकी एउटै केटी नायिका केकी अधिकारी हुन् । झण्डै एक वर्ष अघि पत्रकार सम्मेलन गरेर आफूहरुलाई एउटै केटी मन पर्ने गरेको बताएका यि दाजुुभाइ अहिले एक म्यूजिक भिडियोमा एउटै केटीको पछि लागेका छन् ।
भिडियोमा यि तिन भाइलाई केकीले पल्लो घरको छतबाट निक्कै सताएकी छिन् । गायक गंगाधर पराजुुलीको ‘पल्लो घरको छतमा’बोलको गीतमा यि ३ भाइ सँगै देखिएका हुन् । शिवप्रसाद देवकोटाको शश्द संगीत रहेको उक्त गीतको भिडियोलाई दुुर्गा पौड्यालको छायाँकनमा कपिल लामाले निर्देशन गरेका छन् । बिन्धबासिनी म्यूजिकले बजारमा ल्याएको भिडियोलाई सुुजन शाहीले सम्पादन गरेका हुन् ।

No comments:

Post a Comment