Sunday, April 10, 2016

नयाँ वर्षमा सवारीसाधन किन्दा छुट र उपहार पाइने


नयाँ वर्षको आगमनसँगै बिभिन्न अटो कम्पनीहरुले आफ्ना मोटरसाइकल-स्कुटर, कारको खरिदमा छुट तथा उपहार योजना ल्याएका छन् ।
नयाँ वर्ष तथा अन्य अवसरमा नयाँ सामान किन्ने चलन भएकाले यसलाई लक्षित गर्दै कम्पनीहरुले ग्राहकलाई सवारीसाधन खरिदमा आकर्षित गर्न छुट तथा उपहार योजना ल्याउँदै आएका छन्।
हालसम्म नयाँ वर्षलाई लक्षित हुण्डाई, सुजुकी, टिभीएस, हिरो, यामाहालगायतका कम्पनीले छुट तथा उपहार योजना ल्याइसकेका छन्।अटो बजार विस्तार, ध्यानाकर्षण र ग्राहकले सहुलियत पाऊन् भनेर यस्ता सुविधाहरुको व्यवस्था मिलाएको व्यवसायीको भनाइ छ।

१. सुजुकी टु-ह्वीलरः
सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोबाइल्सले नयाँ वर्षको उपलक्ष्यमा 'सुजुकी २०७३ मा १०० गुणा छुट' योजना ल्याएको छ ।
योजना अन्तर्गत सुजुकी मोटरसाइकल किन्दा गर्दा २०७३ को १०० गुणासम्म नगद छुट अर्थात् न्युनतम ८ हजारदेखि २०७३x१००=२,०७,३०० (दुई लाख सात हजार तीन सय रुपैयाँ) सम्म छुट पाइनेछ।
उक्त सबै छुटहरु स्क्र्याच कार्ड मार्फत् हुने र योजना नेपालभर लागू हुने कम्पनीले जनाएको छ।

२. टिभीएसः
कम्पनीले ‘टिभीएस नयाँ वर्षको साथमा क्यास तुरुन्तै हातमा’ नामक योजना ल्याएको छ। योजना अन्तर्गत कुनै पनि टिभीएस मोटरसाइकल वा स्कुटरको खरिदमा ८ हजार रुपैयाँसम्म रकम छुट पाइने छ। यो योजना देशभर लागू हुने कम्पनीले जनाएको छ।
३. यामाहाः
यामाहा मोटरसाइकलले नयाँ वर्षको उपलक्ष्यमा ‘यामाहा २०७३’ योजना ल्याएको छ।
योजना अन्तर्गत कुनै पनि यामाहा मोटरसाईकल वा स्कुटरको खरिदमा उपभोक्ताहरुले न्युनतम पक्का उपहार सात हजार तीन सय रुपैयाँ र हरेक हप्ता एकजना ग्राहकले ७३ हजार रुपैयाँ नगद जित्न सक्नेछन्।
यो योजना चैत्र ४ गतेदेखि यामाहाको सम्पूर्ण मोटरसाईकल तथा स्कुटरहरुमा सिमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ। 
४. हुन्डाईः
नयाँ वर्ष २०७३ को आगमनसँगै नेपालका लागि हुन्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि. ले ‘हुन्डाई ह्याप्पी जर्नी २०७३’ योजना ल्याएको छ। 
यस योजना अन्तर्गत ग्राहकहरुले हुन्डाईका कुनै पनि गाडी खरिद गर्दा एक लाख ७० हजार ७ सयदेखि ६ लाख ८० हजार रुपैयाँसम्म बचत गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।यसको साथै ग्राहकले आफ्नो कुनै पनि ब्राण्डको पुरानो गाडीसँग नयाँ हुन्डाई गाडी साट्न पनि सक्नेछन्। 
कम्पनीले हरेक नयाँ हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी, ३ वर्ष निःशुल्क सर्भिसिङ तथा चालु आर्थिक वर्षको सवारी कर र निःशुल्क नाम सारी प्रदान गर्दै आएको छ । यो योजना सिमित अवधिका लागि नेपालभरका कुनै पनि हुन्डाई शोरुमबाट प्राप्त गर्न सकिने गरी लागू गरिएको कम्पनीले जनाएको छ। 
५. हिरोः
हिरो मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले नयाँ वर्षको अवसरमा ‘हिरोको क्यास ब्याक, खल्ती प्याक’ योजना ल्याएको छ। योजनाअनुसार हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा कम्पनीले ६ हजारदेखि १० हजार रुपैयाँसम्म नगद छुट र हरेक १५ दिनमा बम्पर उपहारको व्यवस्था गरेको छ।
साथै खरिदमा पाँच फाइदाः फाइनान्स सुविधा, इन्जिन आयलमा ३० प्रतिशत छुट, स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ५ वर्षको वारेन्टी र ९ पटकसम्म निःशुल्क सर्भिसिङ पनि पाउन सकिनेछ।
६. होण्डाः
नेपालका लागि होण्डा मोटरसाइकलको आधिकारीक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नयाँ वर्षको अवसरमा ग्राहकका लागि नगद पुरस्कार योजना ल्याएको छ। योजना अन्तर्गत हरेक होण्डा मोटरसाइकल किन्दा एसएमएस मार्फत् चार हजारदेखि १ लाख रुपैयाँसम्म जित्न सक्नेछन्। यसका साथै पाँच वर्षसम्म स्पेयर पार्टस्मा १० प्रतिशत छुटका साथै ५ हजार ६ सय रुपैयाँ बराबरको १६ वटासम्म निःशुल्क सर्भिसिङ पनि उपलब्ध गराएको छ।
७. बजाजः
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारीक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्षका लागि भनेर ‘नरोकिने नेपाली युवा जोश’ योजना ल्याएको छ। यस अन्तर्गत प्रत्येक बजाजका मोटरसाइकलको खरिदमा ७ हजार रुपैयाँसम्म छुट पाउन सकिनेछ।
८. सुजुकी मोटर्स (गाडी)
सुजुकी मोटरको नेपालका लागि आधिकारिक विक्रेता सिजि मोटोकर्पले नयाँ वर्षको अवसरमा ‘ह्याप्पी न्यू कार’ योजना ल्याएको छ। कम्पनीले यस योजना मार्फत ग्राहकलाई तीन लाख रुपैयाँसम्म नगद वचत गर्न सक्ने अवसर प्रदान गरेको छ। 
‘ह्याप्पी न्यू कार’ योजनामा ग्राहकले शुन्य दशमलव ५ प्रतिशतको न्युन ब्याजदरमा फाइनान्स सुविधा पाउन सक्नेछन्। त्यस्तै कार किन्दा लाग्ने सडक दस्तुर र नामसारी शुल्क पनि कम्पनी आफैंले व्यहोर्ने जानकारी दिएको छ। यो योजना २०१६ मोडलका सुजुकी एसक्रश, सियाज, डिजायर, सेलेनो, वागन आर, अल्टो के १०, अल्टो, स्वीफ्ट लगायतका गाडीहरुमा उपलब्ध गराएको छ।


प्रकाशित मिति: आइतबार, चैत्र २८, २०७२ १०:०२:०२

No comments:

Post a Comment