Friday, April 8, 2016

हिन्द महाँसागरका २५० टापुमा चीनले आफ्नो झण्डा गाडेपछि तनावमा भारत

एजेन्सी । भारतलाई चुनौती दिँदै हिन्द महासागरमा चीनले आफ्नो दादागिरीलाई बढाइरहेको छ । चीनसँग जोडीएको समुन्द्री सिमा विस्तार र अतिक्रमणबाट दक्षिण एशियाका देशहरु चिन्तित बनीरहेका बेला उसले हिन्द महासागरका २५० साना ठूला टापुहरुलाई आफ्नो कब्जामा लिएको छ ।
यद्यपी एशियाका शक्तिशाली देश भनिएका भारत र जापानले चीनको प्रभाव कम गर्नका लागी हर कोशिस गरिरहेका छन् । तर पनि उनीहरुको कोशिस बालुवामा पानी सरह हुन पुगेको छ । यो खबरको खुलासा एक शोध पत्र मार्फत हालै भएको हो । मैरीन समिटमा यही महिना यसको शोधपत्रको रिपोर्ट प्रस्तुत हुने स्रोतको भनाई छ । नेवी र अन्य सक्षम अधिकारिहरुले गुप्तचर संस्थाको सहयोगमा यो शोधपत्र तयार गरेका हुन् ।
south-china-sea_1458925386
मेरठ कलेजका डिफेंस स्टडी डिपार्टमेंटका एसोसिएट प्रोफेसर संजय कुमारले आफ्नो शोध पत्रमा समुद्रमा चीनको बढ्दै गएको एकल वर्चस्वलाई रेखांकन गरिएको छ । अन्तराष्ट्रिय जर्नल सुरक्षा चिन्तनमा प्रकाशित शोध पत्रमा ड संजयले चीनले दक्षिणी सागरमा ठूला साना गरेर २५० वटा टापुमा आफ्नो झण्डा गाडेको बताएका छन् ।
जुन टापुहरु अहिले पूर्णरुपमा चीनको कब्जामा छन् । जसको कूल क्षेत्रफल १५ किमी छ । जसका कारण दक्षीण एशियाका देशहरु भारत, इंडोनेशिया, थाईल्याण्ड, जापान, म्यानमार र सिंगापुर चिन्तित छन् । चीनले सिमाना अतिक्रमण गर्ने क्रमलाई तिब्रता दिइरहेको छ ।
- See more at: http://medianp.com/2016/04/83238.html#sthash.HKXRo0ob.Z3bNjYTb.dpuf

No comments:

Post a Comment