Saturday, April 9, 2016

एशिया–अफ्रिका जोड्न लाल सागरमा पुल

फोटो :एजेन्सी
एजेन्सीः साउदी अरबको शाह सलमानले इजिप्टको सडकमार्ग जोड्न लाल सागरमा पुल बनाउने घोषणा गरेका छन् । 
 
पाँच दिनको इजिप्ट यात्रामा रहेका शाहले शुक्रबार कान्हिरामा यो घोषणा गरेका हुन् । उनले पुल बनेपछि साउदी अरब र इजिप्टको व्यापार बढ्ने समेत बताएका छन् । 
 
इजिप्टमा व्यापक प्रदर्शन पछि सन् २०१३ मा अब्दुल फताह अल सिसिले कमाण्ड सम्हालेका थिए । त्यसपछि साउदी अरब र अर्को खाडी देशले मिस्रलाई अर्बौं डलर मद्दत गरेका थिए । 
 
शिया इरानको बढ्दो प्रभाव रोक्न साउदी अरब सुन्नी देशको ब्लक बनाउन चाहन्छ । दुई देशबीच तनाव भैरहेको अवस्थामा शाहको मिस्र यात्रा भैरहेको छ ।
 
सिरियाका राष्ट्रपति बसरअल असदप्रति अल सिसि नरम बन्दै गएका छन् । रियाद यमनको विद्रोहीसँग भिडन्त गर्न इजिप्टबाट धेरै सहयोगको अपेक्षा गर्छ । 
 
शाहले भनेका छन्, 'मेरो घोषणामा सहमत भए दुई देश जोड्ने पुल बनाउन चाहन्छु । यो पुलले एशिया र अफ्रिका जोड्ने काम गर्छ । यसले दुई महादेश बीचको व्यापारमा ठूलो फाइदा हुनेछ ।'
 
अल सिसिले पुल बनाउने फैसला अरब एकताको इतिहासको एउटा नयाँ अध्याय भएको समेत बताएका छन् । 
 
लाल सागरमा यस अघि समेत पुल बनाउने प्रस्ताव भएपनि सफल भएको थिएन । पुल बनाउन ३ देखि ४ अर्ब डलर लाग्ने अनुमान गरिएको छ । यसबारे थप जानकारी भने दिइएको छैन । 

No comments:

Post a Comment