Thursday, April 7, 2016

वैदेशिक रोजगारीमा जानेलाई खुसीको खबर : के रहेछ पुढै पढ्नुस ………

काठमाण्डाै / वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा तीनका परिवारले १७ लाख ५० हजार क्षतिपूर्ति पाउने भएका छन् ।मृतकका परिवारलाई क्षतिपुर्तिस्वरुप १० लाख, शव ल्याउन तथा काजक्रियाको लागि साढे चार लाख र वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख गरी १७ लाख ५० हजार दिइने छ ।
वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु हने र त्यसपछि परिवारको विचल्ली हुने समस्या बढेपछि यस्तो व्यवस्था गरिएको हो । वैदेशिक रोगजार बोर्डको तथ्यांक अनुसार ६ महिनामा मलेसियामा २०७ जना नेपाली कामदारको मृत्यु भएको छ । त्यसैगरी साउदी अरबमा १२८, कतारमा ६९, दुबईमा २७, कुबेतमा १५, बहराइनमा ६ र दक्षिण कोरियामा ३ जनाको मृत्यु भएको छ । काठमाण्डु टुडेबाट

No comments:

Post a Comment