Saturday, April 9, 2016

नवयुगको गोलमा आर्मी च्याम्पियन


चैत २७, काठमाण्डौ ।

नवयुग श्रेष्ठको एकमात्र गोलको मद्दतमा नेपाल आर्मीले सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
आयोजक झापा ११ लाई १–० गोल अन्तरमा पराजित गर्दै आर्मीले जारी सिजनमा पहिलो उपाधि उचालेको हो । विर्तामोडस्थित डोमालाल रंगशालामा आज भएको खेलको १८ औ मिनेटमा स्ट्राईकर श्रेष्ठले गरेको एकमात्र गोल आर्मीलाई जित दिलाउन पर्याप्त रह्यो । विमल राना मगरको पासलाई सदुपयोग गर्दै नवयुगले गोल गरेका थिए । 
उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ हात पारेको छ । आयोजक झापाले भने ३ लाखमा चित्त बुझाएको छ । 


No comments:

Post a Comment