हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली) क्षमुमनीया र लखनभाईको भूमिकामा देखिने भएका छन् । बाल विवाह र चेलीबेटि बेचबिखन विरुद्धको बालमैत्री मैथिली सर्ट फिल्म मुन्नीमा उनीहरु मधेसी पात्रको रुपमा देखिन लागेका हुन् ।
पछिल्लो समय हाँस्य टेलिश्रृंखला मेरी बास्यै सँगै चेतनामुलक फिल्म निर्माणमा व्यस्त धुर्मुस सुन्तली चर्को घाम र हावाहुरीका बाबजुद मुन्नीको छाँयाकनका लागि लाहान पुगेका छन् । मुन्नीले बालमैत्री समाजको महत्व र आवश्यकतालाई दर्शाउने फिल्मका लेखक तथा निर्देशक सिताराम कट्टेल धुर्मुसले बताएका छन् ।
मैथिली भाषाका संवादहरु बोल्नलाई केहि अप्ठ्यारो भए पनि मुन्नीलाई उत्कृष्ट बनाउने कोसीस गरिरहेको फिल्म युनिटले जानकारी दिएको छ । चलचित्र मुन्नीमा यस्ता देखिएका छन् धुर्मुस सुन्तली ।
No comments:
Post a Comment