अहिले समय परिवर्तन भैसकेको छ । सानै उमेरमा छोरीहरुको जबर्जस्ती मन्जुरी बेगर नै बाउआमाले केटा खोजेर अन्माइदिने चलन निकै कम भैसकेको छ ।
अझ सहरिया युवतीहरुको हकमा त यस्तो जबर्जस्ती एकादेशको कथा भैसकेको छ । अहिले महिलाहरुले पनि आफ्नो करिअरलाई पहिलो प्राथमिकतामा राख्न थालेका छन् र विवाहलाई दोश्रो प्राथमिकतामा ।
उनीहरु पनि माया, प्रेम, सम्बन्ध जस्ता विषयमा सोँच्न त सोँच्दछन् तर करिअर तथा जिवनका अन्य महत्वपूर्ण कुरालाई भुलेर होइन । महिलाहरु बिहे गर्न त अवश्य चाहन्छन् तर आफु तयार भैसकेपछि मात्र । अरुको दबाबमा परेर होइन ।
एकातर्फ आम महिलाहरुको सोँचमा आमूल परिवर्तन आइसकेको छ । तर समाजको एउटा ठूलो हिस्सा अहिलेपनि केटीहरुको बिहेको कुरामा निकै अड्डी कस्दछ ।
केटीहरुले २५ वर्षभित्रमा अनिवार्य बिहे गर्नुपर्छ भन्दछ । त्यसैले यस्तो परिवार तथा समाजलाई झेल्नु युवतीहरुको लागि फलामको च्युरा चपाउनु जस्तै हुन्छ ।
बिहे गर्न तयार नभैसकेको अवस्थामा परिवार तथा आफन्तबाट आउने बिहेका प्रस्तावहरु टार्नका लागि केटीहरुले विभिन्न बहाना बनाउने गरेका हुन्छन् । केही त्यस्ता बहाना तथा तर्कहरु यस्ता हुन्छन्:
- मैले अझै पढ्न चाहन्छु ।
- म विदेश जान चाहन्छु । त्यसपछि मात्र बिहेको बारेमा सोचौँला ।
- अहिले म आफ्नो करिअरमा केन्द्रित हुन चाहन्छु ।
- मलाई केटाहरुको मामिलामा कुनै रुची नै छैन ।
- मैले बिहे नै गर्न चाहन्न ।
- पहिले मलाई केही वजन घटाउन दिनुस् । त्यसपछि मात्र बिहेको बारेमा सोचुँला ।
- मलाई खाना बनाउन आउँदैन । पहिले खाना बनाउन सिक्छु, अनि बिहे गरौँला ।
- मलाई कुनैपनि केटाले मन पराउँदैन ।
- मैले अहिलेसम्म पनि मेरो पूरानो मायालाई भुल्न सकेकी छैन ।
- अहिले म केवल आफ्नैलागि मात्र जिउन चाहन्छु ।
- म अहिले पैसा कमाउन चाहन्छु, बिहे होइन ।
- म आफ्नो आमाबुवालाई छाडेर कहीँपनि जान्न ।
No comments:
Post a Comment