एकीकृत नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज सन्तोष सुवेदी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओेवादीमा प्रवेश गरेका छन् । शनिबार काठमाडौको संवाद डबलीमा माओवादी पार्टीले आयोजना गरेको ‘क्रान्तिकारी धु्रविकरण कार्यक्रम’मा एमाओवादीका काठमाडौं क्षेत्र नं. ४ का इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ नेकपा माओवादीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशी प्रयासलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादीका पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज सन्तोष बुढाले खादा र टीका लगाएर स्वागत गरेका थिए । ध्रुविकरण कार्यक्रममा बोल्दै उपत्यका इन्चार्ज सन्तोष बुढाले हालै सम्पन्न नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले लिएको निर्णय अनुरुप क्रान्तिकारी साथीहरुलाई क्रान्तिको महायात्रामा गोलबन्द हुन आह्वान गरिएको र सोही अनुरुप क्रान्तिकारी साथीहरु माओवादीमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे । उनले यो क्रम देशभर तीव्र रुपमा चलिरहेको बताए ।
सोही क्रममा विभिन्न पार्टीहरु छरिएर रहेका क्रान्तिकारीहरु राष्ट्रिय स्वधीनताको रक्षा र अधुरो नेपाली क्रान्तिलाई पूर्णता दिन माओवादीमा गोलबन्द आह्वान पनि गरे । नेता बुढाले माओवादीहरुबीच एकता हुने चर्चा आत्मसमर्पणवादी र विसर्जनवादीहरुले चलाएको र एकताको विषयलाई नेकपा माओवादीले एजेण्डा नबनाएको समेत स्पष्ट पारेका छन् । एमाओवादी संसदीय माओवादी बन्न पुगेको र वैद्य माओवादी अकर्मण्यताको खाडलमा पुगेको बताए ।

एमाओवादी र वैद्य माओवादीभित्र रहेका सच्चा क्रान्तिकारीहरुलाई क्रान्तिकारी पार्टी नेकपा माओवादीको एकीकृत जनक्रान्तिकारीको कार्यदिशमा एकजुट हुन पनि उनले आह्वान गरे । क्रान्तिकारी शक्तिलाई दबाएर संसदवादी शक्तिहरु विदेशीसँग गठजोड गरेर लागिरहेको त्यसलाई विफल पार्न नेकपा माओवादी पनि दृढताका साथ अघि बबढ्नुपर्ने उनले बताए । त्यस्तै नवप्रवेशी सन्तोष सुवेदीले एमाओवादी संसदीय भासमा फसेको र यसले राष्ट्रिय स्वाधीनताको पक्षमा कहिल्यै काम नगर्ने निष्कर्ष आफू पुगेपछि क्रान्तिकारी पार्टी विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीमा आवद्ध हुन भएको बताए ।सुवेदीले माओवादी अब एमालेमै विलय हुने तयारीमा रहेको र त्यसो नगरे एमाओवादी सकिने अवस्थामा आइपुगेको बताए । स्मरणिय छ, झक्कुप्रसाद तिनै हुन् जसले काठमाण्डुबाट एमालेका नेता माधवकुमार नेपाललाई पहिलो संविधानसधभाको चुनावमा हराएका थिए ।
‘‘एमाओवादी नेतृत्वमा चित्र र चरित्र कतैकही मेल नखाएको र यसबाट महान जनयुद्धले लिएको लक्ष्यमाथि धोका दिएकोले आज म एमाओवादी पार्टी त्यागेर क्रान्तिकारी पार्टी नेकपा माओवादीमा आएको छु’ सुवेदीले भने ।
उनले एमाओवादीका क्रान्तिकारी साथीहरु छिट्टै पार्टी छाडेर समयमै क्रान्तिकारी पार्टीमा सामेल हुन आग्रह गरेका छन् । एमाओवादी क्रमशः एमालेकरण हुँदै गएको र यसले सधैं जनतालाई धोका मात्र दिने गरेको बताए । सुवेदी एकीकृत नेकपा माओवादीका नेता झक्कु सुवेदीका जेठा छोरा हुन् । कार्यक्रमा माओवादी केन्द्रीय सदस्य माईला लामा,गुणराज लोहनी, आदर्श लगायतका नेताहरुको पनि उपस्थिति थियो ।

No comments:
Post a Comment