पेरु, दक्षिणी पेरुको ग्रामीण इलाकामा अवस्थित राजमार्गमा शुक्रबार बस सडकबाट करिब २० मिटर तल नदीमा खसेपछि भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरी कमान्डर जर्ज पास्टरले रेडियोसँग घटनामा २३ जनाको मृत्यु भएको र ३५ जना घाइते भएको बताउनुभयो ।
विपरित दिशाबाट आइरहेको ट्रकलाई जोगाउने प्रयासस्वरुप एक्कासी मोड्दा बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको थियो ।
पुएल्टोबाट मोल्डानोबाट कुस्कोतर्फ हिँडेको बसमा पेरुमा शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न हिँडेका मतदाता परेको पास्टरले बताउनुभयो ।
पेरुमा कमजोर सडक संरचनाका कारण हजारौँ मानिसले ज्यान गुमाउने गर्दछन् ।
सन् २०१४ मा पेरुमा करिब दुई हजार ८०० मानिसले ज्यान गुमाएको तथ्याङ्क छ । रासस÷एपी
No comments:
Post a Comment