Sunday, April 10, 2016

यस्ता छन् आजबाट ४२ वर्ष लागेका माग्ने बुढाका १५ कुरा


हास्य कलाकार केदार घिमिरे उर्फ 'माग्ने बुढा' आइतबारबाट ४२ वर्ष लागेका छन्। फिल्म '६क्का पञ्जा'को सुटिङ्मा व्यस्त रहेका घिमिरेको जन्मदिन फिल्मको सुटिङ्मा नै बित्ने भएको छ। बिहानै उनलाई शुभकामना दिएको फिल्म युनिटले दिउँसो केक काटेको छ।
२०५८ सालदेखि कलाकारिता शुरु गरेका केदार २०३२ सालमा जन्मिएका हुन्। ‘हिजो आजका कुरा’बाट अभिनय यात्र सुरू गरेका उनले ‘गीताञ्जली’, ‘तितो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हुदै ‘मेरी बाँस्सै’मा आदिमा काम गरेका छन्।
१.माग्ने बुढाको पुख्र्यौली थलो ललितपुरको प्युटार हो। उनी भने मकवानपुर ठिंगनको सिमातमा जन्मेका हुन्।
२.उनका ३ जना दाजुभाइ छन्।
३.सन्तानका रूपमा उनका एक छोरा र एक छोरी रहेका छन्।
४.उनी सात वर्षको हुँदा उनले आमा गुमाउनु फरेको थियो। आमालाई फोक्सोको क्यान्सर थियो।
५.एसएलसी पछि उनले काठमाडौंमा कानुन विषय पढे तर आइएल प्रथम र दोस्रो वर्षमा धेरैवाट विषय लागेपछि उनले पढाइ छाडे।
६.विवाहपछि उनले कलाकार बन्ने सघंर्ष सुरू गरेका थिए।
७. विवाह अघि घिमिरेले घरमा रंग लगाउने, टेम्प चलाउने, फुटपाथमा पसल गर्ने तथा इलेक्ट्रोनिक सामान आदि बच्ने काम गर्थे।
८.उनले अभिनयमा पहिलो ब्रेक सन्तोष पन्तको 'हिजो आजका कुरा'मा पाएका थिए।
९.'हिजो आजका कुरा'पछी उनले जितु नेपालले चलाउने 'गिताञ्जली' कार्यक्रम गरे जसमा हाँस्य व्यंग्यको साथमा नेपाली फिल्मको गीत देखाइन्थ्यो।
१०.तितो सत्य तथा जिरे खोर्सानीमा काम गरेका केदारले चर्चा भने २०६२ सालमा सुरू भएको 'मेरी बास्सै'मा गरेको 'माग्ने बुढा'को भूमिकाबाट पाए।
११.'मेरी बास्सै'बाट छुट्टिनु अघि उनले अर्का हाँस्य कलाकार सिताराम कट्टेल 'धुर्मुस'सँग जोडी बनाएका थिए।
१२. सिताराम पछि उनले 'तोक्मे बुढा'सँग जोडी बाँधेर स्टेजमा प्रस्तुति दिने गरेका छन्।
१३.उनले दिनेश डिसी निर्देशित '६ एकान ६'बाट फिल्ममा डेब्यू गरेका हुन्।
१४.पछिल्लो समय उनले छाँयांकन भइरहेको 'छक्का पन्जा'मा लेखन सहकार्य पनि गरेका छन्।
१५. उनले विल्सन विक्रम राई 'तोक्मे बुढा'सँग मिलेर 'खासखास खुशखुश' सिरियलको तयारी गर्दैछन्

No comments:

Post a Comment