Monday, April 11, 2016

रेखा थापालाई यो बर्ष पनि फाप्यो, बर्षैपिच्छे हिट रेखा -

चैत २८, काठमाडौं । नायिका रेखा थापालाई यस बर्ष पनि फापेको छ । रेखाथापाको फिल्म ‘रामप्यारी’ले बक्स अफिसमा राम्रै रेकर्ड राखेको छ । प्रदर्शनको मिति बाट आउनफुल ब्यापार गर्दै आएको रामप्यारी हेर्ने दर्शक अझै घटेका छैनन् । बर्षेनी एउटा फिल्म लिएर आउने तर उत्कृष्ट लिएर आउने रेखाले यसबर्ष पनि रामप्यारीलाई राम्रै बनाएर दर्शक सामु ल्याइन् जसकारण उनी हिट भइन् ।
Rekha thapa with familyयसभन्दा अघिका रेखाका फिल्म काली, हिम्मतवाली पनि हिट फिल्म हुन् । रेखा व्यानरबाट बनेका फिल्महरु पछिल्लो समय सबै हिट छन् । रेखाले आफुले राम्रो काम गरेकोले राम्रो परिणाम आएको बताउँदै आएकी छिन् । रामप्यारीको शनिबार सम्मको दर्शक सहभागिताको कुरा गर्ने हो भने अधिकांश फिल्महल हरु हाउसफुल छन् ।
फिल्ममा रेखाथापा एक टेम्बु चालकको भुमिकामा देखिएकी छिन् । फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् भने । फिल्ममा रेखाको साथमा नवनायक आभाष अधिकारी, आस्मा डिसी र सविन श्रेष्ठ छन् ।
rekha thapa rampyari

No comments:

Post a Comment