Saturday, April 9, 2016

किन फुल्छ नङ ?

नङको माथिल्लो भागमा कहिलेकाँही सेतो देखिने गर्छ । नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ । सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारण छ । तर यो स्वास्थ्यसँग जोडिएको समस्या हो ।
पढ्नुहोस् नङ फुल्नुका कारण
नङमा चोट स् नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ । नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा सेतो दागी देखिन्छ । घाइत भएको अलि धेरै समयपछि मात्र सेतो दागी देखिने भएकोले चोटका कारण नङ फुलेको बुझ्न सकिदैन । ढोकामा वा ढुंगामा नङ ठोकिदा सेतो दागी आउछ ।
एलर्जी प्रतिकृया स् नङ पोलिसको एलर्जीका कारण पनि तपाईको औलाको नङमा सेतो दागी आउन सक्छ । नङ पालिसमा हुने विभिन्न रसयानले नङको भित्री भागमा असर गर्छ ।

जिंकको कमीः मानिसमा जिंकको अभाव भएमा नङमा सेतो दागी उत्पन्न हुन्छ । जिंक प्राप्त हुने प्रयाप्त पोषण खाएमा कुनै पनि व्यक्ति यो समस्याबाट मुक्ती पाउछ । गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट र गेडायुक्त अन्नबाट जिंक लिन सकिन्छ ।
प्रोटिनको कमी स् प्रोटिनको कमीले पनि नङमा सेतो धर्सा वा दागी आउछ । यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ । तर जब शरिरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउछ यी रेखा आफै हराउछ । यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैले पनि परीक्षण गर्न सक्छौ ।
क्यल्सियमको कमी स् क्याल्सियमको कमीले पनि नङमा सेतो दागी आउछ । तसर्थ आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दुध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस ।
गम्भीर रोगको लक्षण स् नङ फुल्नु केही गम्भीर रोगको लक्षण पनि हुन सक्छ । तसर्थ यस्तो दागी लामो समयसम्म देखिन्छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ ।
धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुन ।
समाधानका उपाय
भिटामिन ई वा लोसनले हातलाई मोश्चराइज गर्ने । मोश्चराइज गर्दा नङको छालामा पनि छुनुपर्छ ।
क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त प्रशस्त खानेकुरा खानुहोस
भिटामिन सि युक्त फलफुल खाने
जिंक, आइरन, सल्फरयुक्त खानेकुरा खाने- स्वास्थ्य खबरपत्रिका

No comments:

Post a Comment