Thursday, April 7, 2016

श्रीमती सहित ४ छोरी अमेरिकामा श्रीमान् भने डेभिड फल्समा हाम फालेर आत्महत्या

डेभिज फलमा शनिवार हामफालेर ज्यान गुमाउने ब्यक्ति काभ्रेका धनाढ्य जुजुकाजी शाक्य रहेको खुल्न आएको छ । वनेपा ९ का ५६ वर्षीय जुजुकाजी वनेपाकै शाक्य वाच सपका सञ्चालक हुन् । रेयुकाई आखा अस्पतालका उपाध्यक्ष समेत रहेका उनी नाम चलेका दर्जनौ संघसंस्थामा आबद्ध थिए ।David-FallsDavid-Falls

चर छोरी र पत्नी अमेरिका भएकाले उनी वनेपामा एक्लै वस्दै आएका थिए । दुई तीन महिनादेखि उनी निकै चिन्तित देखिएका उनका एक आफन्तले बताए । ‘केहि महिनादेखि उनी उदास देखिन्थे’ आफन्तले भने ‘सायद सबै परिवार विदेश भएकाले हुनसक्छ । ’

चैत्र २० गते शनिवार ११ वजे उनी वनेपाबाट हिडेका थिए । तर कहाँ जाने भनेर उनले कसैलाई भनेका थिएनन् । सोहि दिन अपरान्ह ४ वजे पोखरा आएपछि उनी डेभिजफलमा पुगेका थिए । छाँगो हेर्ने भन्दै टिकट काटेका उनी केहि समयमै वाहिर निस्किए । अनी पुन: अर्को टिकट काटेर भित्र प्रवेश गरी छाागोको खोँचमा हामफालेका थिए । सुरुमा विचमा रहेको ढिकमा अड्किएका उनी आसपास रहेका अन्य मानिसहरु चिच्याउन थालेपछि त्यहाबाट पनि तल हामफाले ।

प्रत्यक्षदर्शीले टिकट काउण्टरमा खवर गरे । त्यसपछि नेपाल प्रहरीको क्षेत्रीय प्रहरी गणमा रहेका उद्धार टोली तत्काल पुगे तर उनलाई जीवित निकाल्न सकेनन् । उद्धारमा खटिएका टोलीले उनलाई मृत भेटे र शव वाहिर निकालेका थिए । उनको साथबाट १६ हजार ५ सय ६० रुपैया रकम भेटिएपनि तत्काल पहिचान गर्न कुनै वस्तु फेला परेन ।

समाचारमा आएको फाटोको भरमा आफन्तले पहिचान गरेको तर एकिन भने नभएकाले बुधवार आफन्तहरुले पहिचान गर्ने डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । भिडियो हेर्नुहोस ।

No comments:

Post a Comment