Friday, April 8, 2016

एयर ट्राफिक कन्ट्रोलबाट २५ हजार यात्रु बोकेका ८५ जहाज सम्पर्क विहिन भएपछि

काठमाडौँ, २६ चैत - शुक्रबार बिहान कोलकाताको एयर ट्राफिक कन्ट्रोलसँग करिब २५ हजार यात्रु बोकेका ८५ वटा जहाजको सम्पर्क १० मिनेटसम्म टुट्न पुग्यो। 
 
जब ८५ जहाजको सम्पर्क १० मिनेटसम्म टुट्यो तब कोलकाता विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरदेखि प्रशासक र सुरक्षाकर्मीसम्मको श्वास रोकिन पुग्यो। एयर ट्राफिक कन्ट्रोल रुमसँग १० मिनेटसम्म सम्पर्क टुटेका बेला विमानस्थल प्रशासनले जहाज र जहाजमा सवार यात्रुको जीवन खतरामा परेको निचोड निकालिसकेका थिए। 
 
मल्टीपल रडार र भीएचएफ रेडियो करिब एक घन्टा ४० मिनेटका लागि ठप्प भए। यस्तो अवस्थामा ३५ जना कन्ट्रोलरले मोबाइल फोनमार्फत नजिकका विमानस्थलका एटीसीहरुसँग सम्पर्क गरे। उनीहरुले मोबाइल फोनबाट नजिकका एटीसीसँग सम्पर्क गरेर आकाशका  जहाज र उनीहरुबीचको सम्पर्कको अवस्थाबारे जानकारी लिए। बिहान साढे सात बजेको समयमा जहाजको लोकेशन बताउने एटीसीको स्क्रीन पूरै खाली भएको थियो । यसले हवाईजहाजसँगको सम्पर्क पूर्णरुपमा विच्छेद भएको थियो। 
 
कन्ट्रोलरले भीएचएफमार्फत सम्पर्क गर्ने कोशिस गरे तर त्यसबाट पनि उनीहरु जहाजसँग कुरा गर्न असफल रहे। समाचार स्रोतलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यले जनाए अनुसार कोलकाता विमानस्थलको बीएसएनएल नेट्वर्क ठप्प हुन पुग्दा यस्तो अवस्था आएको हो। 
 
इन्टरनेट प्रोटोकलमार्फत चल्ने लाइनबाट नै पाइलटलाई सम्पर्क गरिन्छ। यसमार्फत आकाशमा रहेका जहाजहरुबीचको दुरीबारे एटीसीले सूचना दिइ सावधानी अपनाउन निर्देशन दिन्छन्। ’आज बिहान जे भयो, त्यो एक नराम्रो सपनासरह थियो । यहाँसम्म कि विमानस्थलमा ल्यान्डलाइन फोनले पनि काम गरेको थिएन’, एक ट्राफिक कन्ट्रोलरले भने, ’तर हामीले नागपुर र वाराणसीका एटीसीसँग सम्पर्क गर्यौं, जसले पाइलटसम्म सूचना पुर्याउन मद्दत गर्यो।’
 
नागरिक उड्डयन र भारतीय हवाईअड्डा प्राधिकरणका डीजीले शुक्रबार बिहान साढे सात बजे आसपासको समयमा भएको यो घटनाको जाँच गरिने बताएका छन्। एजेन्सीको सहयोगमा - See more at: http://dcnepal.com/news/news.php?nid=203523#sthash.QkL9Utho.dpuf

No comments:

Post a Comment