Saturday, April 9, 2016

बाबुरामलाई हराएका प्रसाईको सुझावः अझै समय छ सच्चिनुस् -

२०६२ सालभन्दा अगाडि व्यक्तिगत रुपमा बाबुराम भट्टराईप्रति मेरो विश्वास थियो । तर २०६२ सालको १२ बुँदे सहमतिमा उनको सक्रिय भूमिका रहेका बेलादेखि म उनलाई धिक्कार्छु । २०६२ सालमा १२ बुँदे संझौता गराएर संविधानसभाबाट नेपाललाई फसाउन माओवादीका बाबुराम भट्टराई र प्रचण्डलाई हातमा लिएर यिनीहरुकै सक्रियतामा कांग्रेस, एमालेहरु पनि सामेल भएका हुन् । मैले लेखहरु लेखेबापत उनले मलाई मुद्दा पनि हाले । काठमाडौं जिल्ला अदालतमा मैले मुद्दा जितेँ, उनले हारे । फेरि पुनरावेदन अदालतमा हाले तर पछि उनको तर्फबाट मिलापत्रको कुरा आएपछि मिलापत्र भएको हो । बाबुराम भट्टराईसँगको मेरो यो व्यक्तिगत झगडा नै होइन । नेपालको सार्वभौम अस्तित्व अटल रहिरहनुपर्छ भन्ने विश्वास हो । तर बाबुराम भट्टराई चाहन्छन्– नेपालमा भारतले चाहेको जस्तो गरोस् । बाबुराम भट्टराई भारतमा गएर आफ्नो आन्द्राभूँडी खोलेर नेपालमा दबाब गर्न भारतीयहरुलाई उक्साए । मतभेदको मुख्य कुरा यही हो ।
मैले लेखहरु लेखेबापत उनले मलाई मुद्दा पनि हाले । काठमाडौं जिल्ला अदालतमा मैले मुद्दा जितेँ, उनले हारे । फेरि पुनरावेदन अदालतमा हाले तर पछि उनको तर्फबाट मिलापत्रको कुरा आएपछि मिलापत्र भएको हो । बाबुराम चाहन्छन्- नेपालमा भारतले चाहेको जस्तो गरोस् । भारतमा गएर आफ्नो आन्द्राभूँडी खोलेर नेपालमा दबाब गर्न उनले भारतीयहरुलाई उक्साए । मतभेदको मुख्य कुरा यही हो ।
हो, बाबुरामले भारतीय षडयन्त्रको भण्डाफोर गरेर नेपालको स्थायित्वको लागि संवैधानिक राजसंस्था र देशको पहिचानको रुपमा हिन्दुअधिराज्य अथवा हिन्दु तथा बौद्धअधिराज्यको पक्षमा बोल्छन् भने म उनलाई सम्मान गर्छु । बाबुराम भट्टराईले बुझ्नुपर्छ कि भारतले आफ्नो काम पट्याएपछि कसैलाई पुछ्तैन । भारतले बाबुराम भट्टराई जस्तो बुद्धिजीवीलाई हातमा लिएर आफ्नो हितमा प्रयोग गरिरहेको छ ।
राजदरबार हत्याकाण्ड भयो । राजा वीरेन्दको वंश नास गराइयो । त्यसबेला नेपालस्थित ‘रअ’ पी। हर्मिज यही भारतीय दूतावासमा थिए । पी। हर्मिज र बाबुराम भट्टराई यी दुबैको राम्रो सम्बन्ध भएकाले त्यसैबाट प्रारम्भ हुन्छ नेपाल डुबाउने खेल । नेपाललाई घेराबन्दीमा हाल्न भारतीय गुप्तचर संस्था ‘रअ’ नेपाललाई फसाउन सक्रिय भयो । त्यसबेला नेपालस्थित ‘रअ’ पी। हर्मिज यही भारतीय दूतावासमा थिए । पी। हर्मिज र बाबुराम भट्टराई यी दुबैको राम्रो सम्बन्ध भएकाले त्यसैबाट प्रारम्भ हुन्छ नेपाल डुबाउने खेल । नेपाललाई घेराबन्दीमा हाल्न भारतीय गुप्तचर संस्था ‘रअ’ नेपाललाई फसाउन सक्रिय भयो ।
भारतले पालेका कुख्यात–भ्रष्ट तराईका कथित केही मधेसी भनौदा दलालहरुसँग मिलेर एक मधेस, एक प्रदेशको बुँदालाई लागू गर्न भारत जोडतोडका साथ लागेको छ । यस कुरालाई माओवादीले समर्थन गर्दैनन् भने भारतीय प्रशासन–संयन्त्रले माओवादीलाई घोक्रेठ्याक लगाउँछ । माओवादीको दोग्ला व्यवहारले नेपालका बाबुराम भट्टराई, प्रचण्डहरु भारतको लागि नैं घाँडो बनेका छन् । बाबुराम भट्टराईले नेपालमा दबाब गर्न भारतीयहरुलाई उक्साएका छन् । यस उसले उनलाई पनि सबैले हावादारी व्यक्तिको रुपमा लिन्छन् ।
त्यसैले बाबुराम भट्टराईलाई सच्चिनुको लागि म सल्लाह दिन्छु । १० भारतीय षडयन्त्रकारी धोकेबाजहरुको समर्थन नगरेर नेपालमा हिन्दुअधिराज्य र राजसंस्थाको पक्षमा आफूलाई उभ्याएर राष्ट्रघातबाट चोखिन चाहेमा जीवनमा उनको लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।
नेपालको राष्ट्रियता र यसको एकतालाई छिन्नभिन्न बनाउन संविधानसभाबाटै नेपाल टुक्रयाउने विदेशीहरुको चाल बुझेर पनि यही बाटो नछोडेकाले २०६३ सालपछिका पार्टीका नेताहरु नाङ्गिएका छन् । संविधानसभा आखिरी नेपालको होइन भारतकै थियो । त्यसैले अब संविधानसभा तुरुन्त खारेज गरेर सबै पक्षबाट अनुमोदित भएको राज्य संचालनमा सरिक हुँदैआएको २०४७ सालको संविधानलाई कार्यान्वयन् गर्नु नै सबैभन्दा राम्रो उपाय हुनसक्छ ।

No comments:

Post a Comment