Wednesday, April 6, 2016

फेसबुकमार्फत चल्छ राजधानीमा यौनधन्दा, पढ्नुस कसरी फसाउछिन युवतीले मुर्गा

 – राजधानीलाई सपनाको शहरका रुपमा लिइन्छ । यो शहरमा प्रवेश गरेपछि अनेकौ समस्या आउने गर्छन् । यी समस्याबाट जुध्न धेरै संघर्ष गर्नुपर्छ । जसले संघर्ष गरेर अगाडि बढ्न सक्छ, उसको भविष्य बनेको छ । , कतिले गलत काम गरेर कमाएको सम्पत्ति र मानप्रतिष्ठा विलय भएर गएका प्रशस्त उदाहरण छन् भने कतिले जेलको हावा खाइरहेका छन् ।
अझ युवतीहरूको त धेरै गलत विषय बाहिर आएका छैनन् । तर, केही युवतीहरूका कारण प्रहरी, सरकारी कर्मचारी, ड्राइभर, मजदुरलगायतको समुदाय कुनै न कुनै बहानामा पीडित बन्ने गरेको छ । महानगरीय प्रहरीले युवतीहरूबाट भइरहेका ठगीका विषयलाई नियन्त्रण गर्न ठूलै अभियान चलाइरहेको छ । कतिपय विषयमा प्रहरीले ठूलो सफलता पनि पाएको छ ।
प्रहरीलाई चक्मा दिएर सुनसरी जिल्ला स्थायी घर भएकी एक युवतीले अहिले राजधानीमा ‘मुर्गा’ फसाउने आफ्नो धन्दालाई जोडतोडका साथ बढाइरहेकी छिन् । ती युवतीले ‘प्राची उपाध्याय’ नक्कली नाम राखेर दुनियाँलाई ठगी गर्दै आएकी छिन् ।
उनको बास्तविक नाम, थर भने अर्कै छ । उनको अर्को पनि नक्कली नाम, थर छ, त्यो हो चम्फा गुरागाइँ । उनी सुनसरी जिल्लाको मधेसा– ६, झकनझोरा स्थायी घर भएकी युवती हुन् । उनले आफ्नो सक्कली नाम कसैलाई बताउने गरेकी छैनन् । उनको नागरिकताको नाम अर्कै छ ।
यी ‘नटवरलाल’ युवतीले काठमाडौंमा तीन/तीन महिनामा आफ्नो डेरा सार्ने गर्छिन् । ‘मुर्गा’ फसाएर लुट्ने र डेरा सरिहाल्ने उनको कार्यबाट धेरै युवा तथा बुजुर्गहरू पीडित भइसकेका छन् ।
यतिसम्मकी प्राची उपाध्यायले आफ्नै डेरामा ‘मुर्गा’हरू ल्याएर रातभरि यौनक्रिडामा रहने गरेको प्रहरीसम्म उजुरी परेको छ । प्रहरीमा उजुरी परेपनि प्राची उपाध्यायविरुद्ध पोख्ता सबुत नहुँदा कारबाही गर्न नसकिएको महानगरीय प्रहरीको भनाइ छ ।
यी युवतीका विषयमा थुप्रै मौखिक उजुरी आएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुका एक प्रहरी अधिकारी बताउँछन् । प्रहरीले उनलाई खोजी गरिरहेको छ ।
प्राचीले आफ्ना केही केटी साथीहरूलाई पनि ‘मुर्गा’ फसाएर यौनधन्दामा लगाउने गरेकी छिन् । ‘प्राची उपाध्यायले थुप्रैलाई ठगी गरेको उजुरी हामी समक्ष आएको छ’, महाशाखा स्रोतले भन्यो–‘प्राचीको खोजी भइरहेको छ । कारबाही हुन्छ ।’ राजधानीमा यौनधन्दा चलाउनेलाई प्रहरीले खोजीखोजी कारबाही गर्दै आएको छ ।
प्राची उपाध्यायले विशेष गरेर फेसबुकबाट केटाहरूलाई फसाउने गरेकी छिन् । फेसबुकमा आफ्ना रङ्गीविरङ्गी फोटोहरू राखेर युवाहरू फसाउने गरेकी छिन् । उनले फेसबुकमा पनि आफ्नो नाम समय समयमा परिवर्तन गरिरहन्छिन् ।
उनले फेसबुकबाट अन्तरंग कुरा गरेर मुर्गा फसाउने गरेको एक पीडित युवकले बताए । ‘मलाई फेसबुकबाट फसाइ’, ती पीडित युवकले भने–‘प्रहरीमा मौखिक उजुरी दिएको छु । सामाजिक प्रतिष्ठाले गर्दा लिखित उजुरी दिन सकेको छैन ।’
यी युवक पनि प्राचीको जालमा फेसबुकबाटै परेका रहेछन् । सुरुवातमै सेक्सी कुरा गरेपछि दङ्ग परेका उनले एकसातामै प्राचीको कोठामा पुगेपछि बल्ल आफू ठगिएको महसुस गरेका छन् । यसवाफत उनले मोटो रकम सकेको सुनाए ।

No comments:

Post a Comment