Wednesday, April 6, 2016

प्रियंकालाई बराक ओबामाले दिए ह्वाइट हाउसमा 'डिनर' निम्तो

अमेरिकाका राष्ट्रपति बराक ओबामाले हाल हलिउडमा चर्चा कमाइरहेकी बलिउड अभिनेत्री प्रियंका चोपडालाई यसै महिनाको अन्त्यमा राष्ट्रपति निवास 'ह्वाइट हाउस'मा हुने वार्षिक रात्री भोजमा निम्ता गरेका छन्। सो भोजमा प्रियंकासँगै हलिउड स्टारहरू ब्रेड्ली कुपर, लुसी लियी, जेन फोन्डा तथा ग्लाडिस नाइट सहभागी हुनेछन्।
ह्वाइट हाउसबाट रात्रीभोजको निम्ता पाएपनि प्रियंकाले जाने नजाने टुङ्गो लगाइसकेकी छैनन्। त्यस बारेमा आगामी हप्ता टुङ्गो लाग्ने बताइएको छ। ह्वाइट हाउसले दिने यो रात्री भोजमा विशेष गरी संचारकर्मी तथा कलाकर्मीका लागि दिइने गरेको 'वासिङ्टन पोस्ट'ले जनाएको छ। 

No comments:

Post a Comment