Wednesday, April 6, 2016

'गुन्डानाइके' विश्वक्रान्ति सिंह पक्राउ

शिभम् सिमेन्ट

प्रकाश ढुंगाना ललितपुर, चैत २४ print

  • 2418
     
     
    32
     
     
    1
    Google +
     
    2451
     
  • GET NEWS ALERTS

एउटा सट गन, राइफल र १५७ राउन्ड गोली बरामद
Mahendra
गुन्डानाइके विश्वक्रान्ति सिंहलार्इ ललितपुर प्रहरीले पक्राउ गरेको छ। एउटा सट गन, राइफल र १५७ राउन्ड गोलीसहित सिंहलार्इ  पक्राउ गरिएको एसपी अशोक सिंहले जानकारी दिए। एसपी सिंहका अनुसार पक्राउ परेका गुन्डानाइके सिंहका साथबाट सट गनमा लाग्ने १७ राउन्ड गोली पनि बरामद गरिएको छ।
 
हेटौंडा घर भइ उपत्यकामा गुन्डागर्दीमा संलग्न सिंह केही महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा समेत परेका थिए। प्रहरीलाई घुस दिन मध्यस्कर्ताको भूमिका खेलेको भन्दै उनी पक्राउ परेका थिए। पछि अख्तियारले उनलाई छाडेको थियो।
 
आपराधिक क्रियाकलापमा संलग्न सिंह हतियारसहित धेरै पटक जेल परिसकेको प्रहरीले जनाएको छ। सिंह राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी निकट मानिन्छन्। 

No comments:

Post a Comment