Wednesday, April 6, 2016

सन्धिखर्कमा घाँटी थिची श्रीमती मार्नेलाई सर्वस्वसहित जन्मकैद

सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आफ्नै श्रीमतीको घाँटी थिची हत्या गरेको अभियोगमा अर्घाखाँची जिल्ला सन्धिखर्कका एक व्यक्तिलाई अर्घाखाँची जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।

सन्धिखर्क नगरपालिका - ५ का रुपक अधिकारीलाई जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश केशब प्रसाद बास्तोलाको एकल इजलासले अंश सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।

अभियुक्त अधिकारीले आफ्नी श्रीमती पर्वता अधिकारीलाई कुटपिट गरी, घाँटी च्यापी, घाँटी थिची कर्तव्य गरी हत्या गरेको जाहेरी मृतकका आफ्न्त पोखराथोक गाबिस - ९ का दिननाथ पाण्डेले दिएको अदालतले बताएको छ ।

पुर्पक्षका लागि थुनामा रहेका अधिकारीलाई गत पौष ८ गते देखि  जिल्ला कारागार आटिकापाटा चलान गरिएको जिल्ला अदालतको फैसला उल्लेख छ ।

No comments:

Post a Comment