Wednesday, April 6, 2016

'कि मुद्दा फिर्ता लेऊ, नभए कारवाहीका लागि तयार होऊ'

print

  • 969
     
     
    8
     
     
    0
    Google +
     
    977
     
  • GET NEWS ALERTS


ऋतिक रोशन तथा कंगना रनावत विवादमा नयाँ घटनाक्रम आएको छ। कंगनाले ऋतिकमाथी आफ्नो अनुहार बचाउन मुद्धालाई गलत दिशानिर्देश गरेको तथा मिडियाको सहयोगमा अदालती न्याय प्रक्रियालाई बाधा पुर्‍याउने काम गरेको आरोप लगाएकी छन्। उनले ऋतिकलाई उनीविरूदधको कानुनी सुचनापत्र फिर्ता गर्न अथवा कानुनी कारवाहीको सामना गर्न तयार हुने विकल्प छान्न भनेकी छन्।
कंगनाका वकिल रिजवान सिद्दिकीले ऋतिकले पठाएको सुचनापत्र फिर्ता लिएको खन्डमा अहिले चलिरहेको मुद्दा फिर्ता लिन कंगना तयार रहेको बताएका छन्। रिजवानले भने, 'कानुनी सूचनापत्र फिर्ता लिनु ने एकमात्र र उत्तम विकल्प हो। मुद्दालाई भड्काउने र मिडियाको माध्यमबाट प्रभावित पार्ने प्रयसले अवस्थालाई बिगार्न सक्छ। यस अवस्थामा हामी जवाफी कारवाहीका लागि बाध्य हुनेछौं।'
ऋतिकले कंगनालाई पठाएको कानुनी सुचनापत्रमा 'बेकुफ पूर्वप्रेमी' भनेकोमा माफी माग्न भनेका थिए।

No comments:

Post a Comment