Wednesday, April 6, 2016

फेसबुकले ल्यायो नयाँ फिचर

फेसबुकले एक आर्टिफिशियल इन्टिलिजेन्स (Artificial Intelligence) फिचर सुरु गरेको छ।
 
यस फिचरका माध्यमले दृष्टिविहिन फेसबुक प्रयोगकर्ताहरुले सेयर हुने फोटोलाई महसुस गर्न सक्नेछन्।
 
हाल यो फिचर आईओएस प्रयोगकर्ताको लागि मात्र उपलब्ध भएको कम्पनीले जनाएको छ। 
 
फेसबुकले आफ्नो ब्लगमा यस नयाँ फिचर ‘अटोमेटीक अल्टरनेटिभ टेक्स्ट’ (Automatic Alternative Text) का बारेमा उल्लेख गरेको छ।
 
यसमा अडियो र इमेज रिक्गनिशन (Recognization) का माध्यमले फोटो वा अन्य कुराको जानकारी गराइने छ।

No comments:

Post a Comment