Wednesday, April 6, 2016

यी सात कुराले तपाँईलाई अरुभन्दा फरक बनाउँछ

शास्त्रमा मानिसका सात गुणका बारेमा चर्चा गरिएको छ । जसमा यी गुण हुन्छन् ती मानिसहरु बिशेष हुन्छन् । यस्ता गुण हुने मानिसको जीवन पूर्ण मानिन्छ । साथ साथै यस्ता गुण हुने मानिसहरुलाई भाग्यमानी पनि मानिन्छ । केके हुन् त ती सात गुण थाहा पाई राख्नुहोस् ।
मित्रता
जो मानिस सजीलै अरुको मन जित्न र र अरुको मनमा आफ्नो लागी ठाउा बनान सक्छ त्यस्ता मानिसहरुलाई भाग्य मानी मानिन्छ । किन की मित्रतालाई नै जीवनको सबैभन्दा ठुलो पुजी मानिन्छ ।
नियम 
हरेक मानिसको जीवनमा नियम हुनुपर्छ । नियम पालन गर्ने मानिसले कहिल्यै पनि गलत काम गर्दैन । उनीहरु गलत कामतीर आकर्षित पनि हुदैनन् । जो नियम अनुसार चल्छ ऊ समाजमा सम्मानका पात्र बन्छ ।
निडरता
केहि मानिसहरु अरुको डर र दवाबका कारण गलत काम गर्न बाध्य हुन्छन् । त्यस कारण हामीमा निडरता हुनु आवश्यक हुन्छ । त्यस कारण आफ्नो कुरा निर्धकसँग राख्न सक्ने र साँचो बोल्न सक्ने क्षमता सधै राख्नुहोस् ।
माफी
अरुको गल्तीलाई माफ गर्नु नै महानता हो । जसमा अरुलाई माफ गर्नसक्ने क्षमता हुन्छ त्यस्ता मानिसहरुलाई जीवनमा सुख शान्ती मिल्छ ।
लज्जा
केही मासिनहरुको स्वभाव निकै नराम्रो हुने गर्छ । उनीहरुलाई लाज के हो ,शरम के हो, थाहा नै हुदैन । जसका कारण उनीहरुको नराम्रो ईमेज बन्छ । त्यसका साथै यस्तो बानीले गर्दा धेरै तनावहरु पनि भोग्नु पर्ने हुन्छ । तपाई अरुभन्दा बेग्लै हुन चाहानुहुन्छ भने तपाईमा लज्जा हुनु आवश्यक छ ।
उद्योग
पैसा कमाउने कला पनि तपाईका हुनु आवश्यक हुन्छ । यसलाई सबैभन्दा राम्रो गुण मानिन्छ । जो कोहीमा पनि सहि बाटोमा चलेर जीवन यापन गर्नको लागी कमाई गर्ने कला हुनुपर्छ ।
दया
अरुलाई दया र प्रेम देखाउनुहोस् । उदार स्वभाव भएका मानिसहरुलाई भगवानको आर्शिवाद सधै मिल्ने गर्छ । जसले गर्दा हामी सधै खुसी र सुखी रहन सक्छौ ।
- See more at: http://purbelinews.com/23815#sthash.n2E98kQe.dpuf

No comments:

Post a Comment