Wednesday, April 6, 2016
गाडीको झ्यालबाट टाउको निकाल्दा ज्यान गयो
चितवनः चितवनको दारेचोकमा गाडीको झ्यालबाट टाउको निकाल्दा एक महिलाको मंगलबार ज्यान गएको छ । धादिङबाट पोखरा जान आउँदै गरेको ग१ख ६१८५ नम्बरको बसमा सवार एक यात्रुको झ्यालबाट टाउको निकालेका बेला ना४ख ४१४३ नंको ट्याङ्करले ठक्कर दिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको दारेचोक–९ फिस्लिङमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा धादिङ सल्यानटारकी २३ वर्षीया नानुमायाँ परियार रहेको प्रहरीले जनाएको छ । झ्यालबाट टाउको निकालेका बेला ट्याङ्करले ठक्कर दिएर गम्भीर भएकी उनको उपचारका क्रममा आज दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment