Wednesday, April 6, 2016

सिंहदरबार छिरेका भारतीय राजदुतले मन्त्रीकै अगाडी दिए यस्तो भाषण, सबै चुपचाप -

काठमाडौँ । नदी नियन्त्रण कार्यका लागि भारत सरकारले नेपाललाई रु ३६ करोड ६२ लाख अनुदान सहयोग गर्ने भएको छ ।
सिँचाइ मन्त्रालयमा आज आयोजित द्विपक्षीय सहयोग सम्झौतामा सिँचाइ मन्त्री उमेश यादवलाई नेपालका लागि भारतीय राजदूत रणजित रायले अनुदान सहयोग सम्बन्धी चेकमा हस्ताक्षर गरे । नेपाल– भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको दसौँ बैठकको निर्णय बमोजिम भारत सरकारबाट उक्त अनुदान रकम प्राप्त भएको हो ।

ranjit-ray-e1429624146459
ranjit-ray-e1429624146459
लालबकैया, वाग्मती, र कमला नदी नियन्त्रणमा सो रकम खर्च गरिने छ । यसअघि भारतले ती तीनवटै नदीका लागि रु चार अर्ब २३ करोड १७ लाख अनुदान सहयोग गरेको थियो । वाग्मती जनदीको लागि रु एक अर्ब दुई करोड, लालबकैयाका लागि रु एक अर्ब १२ करोड र कमला नदीको लागि रु एक अर्ब ६९ करोड सहयोग यसअघि नै प्राप्त भएको छ । उक्त सहयोगबाट वाग्मतीमा ४० किलोमिटर, लालबकैयामा ६१ र कमलामा ६७ किलोमिटर तटबन्ध निर्माण भएको छ ।

No comments:

Post a Comment