Wednesday, April 6, 2016

गुण्डा नाइके राइफल,सर्टगन लगायतका हतियार सहित पक्राउ

हतियार देखाएर गुण्डागर्दी तथा आतंक फैलाएको अभियोगमा ललितपुर प्रहरीले सानेपावाट गुण्डा नाइके विश्वक्रान्ति सिंहलार्इं पक्राउ गरेको छ ।
Gunda
प्रहरीले विश्वक्रान्तिका साथबाट सर्टगन तथा राइफललगायतका हतियार पनि बरामद गरेको छ ।
केही महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा समेत परेका सिंहले ललितपुर प्रहरीका तत्कालिन प्रवक्ता डीएसपी दयानिधी ज्ञवालीसहितका प्रहरीलाई घुस दिएर फसाएका थिए । प्रहरीलाई घुस दिन मध्यस्थकर्ताको भूमिका खेलेको भन्दै उनी पनि पक्राउ परेका थिए । पछि अख्तियारले उनलाई छाडेको थियो ।
पक्राउ परेका सिंहको सानेपामा रहेको घरकोठाको फ्ल्याटमा खानतलासी लिँदा १ नाल सर्टगन, २८ राउन्ड गोली, १०६३६ नम्बरको ३७५ बोरको १ नाले राईफल नाल १, १३० राउण्ड गोली, खैरो हिरोइन जस्तो धुलो पदार्थका पाकेटहरु, यूयान लेखिएको १०० दरका २ थान चाईनिज नोट, यूयान लेखिएका ५०, २०, १० र १ दरको १–१ थान चाइनिज नोट, सेतो प्लाष्टिकको बट्टाभित्र राखिएको एक थान सी हर्स, २ थान राहदानी, २ थान तमसुक र एक थान कोर्रा फेला परेको छ ।
मकवानपुर हेटौडा नगरपालिका ४ घर भई सानेपा बस्दै आएका ४४ वर्षीय बिश्वक्रान्ती सिंहलाई प्रहरीले घरैवाट नियन्त्रणमा लिएको हो । केही दिनअघि ठेक्कापट्टा, लेनदेन तथा गुण्डागर्दी र ग्याङफाइट गर्दै कमिसनका लागि व्यापारी तथा व्यवसायीहरुलाई हतियार देखाएर रकम असुलेको उजुरी प्रहरीकोमा आएको थियो । प्रहरीले सिंहकोे फ्ल्याटमा खानतलासी गर्दा सर्टगन र गोली २८ राउन्ड, ३७५ बोरको १ नाले राईफल र १३० राउन्ड गोली, खैरो हिरोइन लगायतका अवैध सामानहरु वरामद पनि गरेकोे छ ।  ललितपुर प्रहरी प्रवक्ता किशनसिंह थापाले जानकारी दिए ।

No comments:

Post a Comment